बेलायती राजासमक्ष राजदूतले ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रम अन्तिममा रद्द

लन्डन—बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले आज बिहीबार बेलायती राजा चार्ल्ससमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रम अन्तिममा रद्द भएको छ । दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले विशेष परिस्थितिका कारण कार्यक्रम रद्द गर्नु परेको जानकारी आएको बताए ।  उनका अनुसार, नेपाली राजदूतलाई पहिला १२. ४० बजे  प्रमाणपत्र पेश गर्ने समय दिइएकोमा फेरी अर्को समय ३. […]

Mar 27, 2025 - 17:23
 0
बेलायती राजासमक्ष राजदूतले ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रम अन्तिममा रद्द


लन्डन—बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले आज बिहीबार बेलायती राजा चार्ल्ससमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रम अन्तिममा रद्द भएको छ ।

दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले विशेष परिस्थितिका कारण कार्यक्रम रद्द गर्नु परेको जानकारी आएको बताए । 

उनका अनुसार, नेपाली राजदूतलाई पहिला १२. ४० बजे  प्रमाणपत्र पेश गर्ने समय दिइएकोमा फेरी अर्को समय ३. ४० बजे सारिएको थियो ।  तर अन्तिममा त्यो पनि रद्द भएको खवर आयो ।

आज नेपाल, बंगलादेश र सोमालियाका राजदूतले राजासमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रम भएकोमा सबैको स्थगित भएको हो ।  

यसैबीच, दूतावासले राजासँगको कार्यक्रम रद्द भएकोप्रति क्षमा याचना गर्दै साँझको रिसेप्सन पनि क्यान्सिल भएको जनाएको छ ।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register