राजावादीको अराजकताप्रति एमालेको भर्त्सना, पश्चगमनविरूद्ध गोलबद्ध हुन आव्हान

नेकपा एमालेले राजावादीहरूको अराजकताको भर्त्सना गरेको छ । राजावादीहरूको समुहले काठमाडौंको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा देखाएको अराजकताको एमालेले भर्त्सना गरेको हो । एमालेले  लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने क्रियाकलाप निन्दनीय रहेको बताएको छ । महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै  लोकतन्त्रका पक्षमा गोलबद्ध हुन सबै राजनीतिक दल र नागरिक समाजलाई आह्वान गरेका छन् । ‘सबै […]

Mar 28, 2025 - 14:06
 0
राजावादीको अराजकताप्रति एमालेको भर्त्सना, पश्चगमनविरूद्ध गोलबद्ध हुन आव्हान

नेकपा एमालेले राजावादीहरूको अराजकताको भर्त्सना गरेको छ । राजावादीहरूको समुहले काठमाडौंको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा देखाएको अराजकताको एमालेले भर्त्सना गरेको हो ।

एमालेले  लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने क्रियाकलाप निन्दनीय रहेको बताएको छ । महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै  लोकतन्त्रका पक्षमा गोलबद्ध हुन सबै राजनीतिक दल र नागरिक समाजलाई आह्वान गरेका छन् ।

‘सबै राजनीतिक दल, नागरिक समाज र आमनेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘आजका आपराधिक क्रियाकलापमा संलग्नहरूलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्तिसुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारसँग माग गर्दछ ।’

आपराधिक क्रियाकलापमा संलग्नहरूलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारसँग माग एमालेले गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register