गणतन्त्रवादी दलहरूको बैठक :ज्ञानेन्द्रलाई कानुनी कारबाही गर्न बाबुरामको सुझाव

गणतान्त्रिक दलहरूको बैठकमा नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का अध्यक्ष बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्रलाई कानुन बमोजिम कारबाही गर्न प्रधानमन्त्रीलाई सुझाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा डाकेको गणतान्त्रिक दलहरूको बैठकमा पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो सुझाव दिएका हुन् । ‘दल र सरकारको उदारताकाबीच ज्ञानेन्द्र साहले हर्कत गर्दै आए । उनको हर्कतले सीमा नाघ्यो । अब दलहरूले […]

Mar 30, 2025 - 16:00
 0
 गणतन्त्रवादी दलहरूको बैठक :ज्ञानेन्द्रलाई कानुनी कारबाही गर्न बाबुरामको सुझाव

गणतान्त्रिक दलहरूको बैठकमा नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का अध्यक्ष बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्रलाई कानुन बमोजिम कारबाही गर्न प्रधानमन्त्रीलाई सुझाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा डाकेको गणतान्त्रिक दलहरूको बैठकमा पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो सुझाव दिएका हुन् । ‘दल र सरकारको उदारताकाबीच ज्ञानेन्द्र साहले हर्कत गर्दै आए । उनको हर्कतले सीमा नाघ्यो । अब दलहरूले सहमति बनाएर उनलाई संवैधानिक र कानुनी कारबाही गरिनुपर्छ भन्ने मेरो सुझाव रह्यो,’सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने ।

तीनकुनेमा ज्ञानेन्द्र शाहकै उक्साहटमा योजनावद्ध ढंगले अराजकता मच्याएकाले उनलाई कारबाहीको दायरमा ल्याउनुपर्ने बाबुरामको माग छ ।

बैठकमा उनले लोकतन्त्रको रक्षाका निम्ति एक हुनुपर्ने सुझाव दिएका छन् । दलहरूबीच मतान्तर भएपनि व्यवस्था उल्ट्याउने प्रयायलाई निस्तेज पार्न गणतन्त्रवादी दल एकठाउँमा उभिनुपर्ने उनको सुझाव छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register