पत्रकारको मृत्यु र सञ्चारगृहमाथि आक्रमणको बेलायतबाट निन्दा
लन्डन । राजावादीहरुको आन्दोलनका क्रममा शुक्रबार काठमाडौं आगजनीमा परि एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको दुःखद निधनप्रति नेपाल पत्रकार महासंघ बेलायतको गम्भीर ध्यानाकर्षण भएको छ। पत्रकार रजकले भवनभित्र बसेर रिपोर्टिंग गरिरहेका बेला प्रदर्शनकारीले त्यस घरमा आगो लगाइदिएका थिए । प्रदर्शनकारीद्वारा सञ्चारकर्मीमाथि गरिएको आक्रमण, कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्ट कार्यालयमा गरिएको तोडफोड, हिमालय टेलिभिजनको गाडीमा क्षति पुरयाउने […]

लन्डन । राजावादीहरुको आन्दोलनका क्रममा शुक्रबार काठमाडौं आगजनीमा परि एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको दुःखद निधनप्रति नेपाल पत्रकार महासंघ बेलायतको गम्भीर ध्यानाकर्षण भएको छ। पत्रकार रजकले भवनभित्र बसेर रिपोर्टिंग गरिरहेका बेला प्रदर्शनकारीले त्यस घरमा आगो लगाइदिएका थिए ।
प्रदर्शनकारीद्वारा सञ्चारकर्मीमाथि गरिएको आक्रमण, कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्ट कार्यालयमा गरिएको तोडफोड, हिमालय टेलिभिजनको गाडीमा क्षति पुरयाउने कार्य, सार्वजनिक तथा निजी सम्पत्ति माथिको आगजनी र लुटपाट जस्ता हिंसात्मक क्रियाकलापप्रति शाखाले घोर भत्र्सना गर्दै पत्रकार स्वर्गीय रजकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
‘शान्तिपूर्ण आन्दोलन लोकतान्त्रिक अधिकार हो । तर पत्रकारको ज्यान लिने, सञ्चार माध्यममाथि आक्रमण गर्ने तथा प्रेस स्वतन्त्रताको अधिकार सदुपयोगमा खलल पुरयाउने कार्य पूर्ण रूपमा अस्वीकार्य, निन्दनीय र आपराधिक छ’, शाखाले भनेको छ- ‘घट्नामा संलग्न दोषीलाई तत्काल कानूनी कारवाही गर्न र भविष्यमा यस्ता घटनाहरू नदोहोरिउन् भन्ने सुनिश्चित गर्न कठोर कदम चाल्न सरकारसमक्ष शाखाको जोडदार माग छ ।’
विज्ञप्ति
राजावादीहरुको आन्दोलनका क्रममा तीनकुने काठमाडौंमा शुक्रबार भएको आगजनीमा परि एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको दुःखद निधनप्रति नेपाल पत्रकार महासंघ बेलायत शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।
प्रदर्शनकारीद्वारा सञ्चारकर्मीमाथि गरिएको आक्रमण, कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्ट कार्यालयमा गरिएको तोडफोड, हिमालय टेलिभिजनको गाडीमा क्षति पुरयाउने कार्य तथा सार्वजनिक तथा निजी सम्पत्ति माथिको आगजनी र लुटपाट जस्ता हिंसात्मक क्रियाकलापप्रति नेपाल पत्रकार महासंघ बेलायत शाखा घोर भत्र्सना गर्दै पत्रकार सुरेश रजकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ।
शान्तिपूर्ण आन्दोलन लोकतान्त्रिक अधिकार हो । तर पत्रकारको ज्यान लिने, सञ्चार माध्यममाथि आक्रमण गर्ने तथा प्रेस स्वतन्त्रताको अधिकार सदुपयोगमा खलल पुरयाउने कार्य पूर्ण रूपमा अस्वीकार्य, निन्दनीय र आपराधिक छ । सरकारले प्रेस स्वतन्त्रताको रक्षा गर्दै सञ्चारगृह तथा सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न, घट्नामा संलग्न दोषीलाई तत्काल कानूनी कारवाही गर्न र भविष्यमा यस्ता घटनाहरू नदोहोरिउन् भन्ने सुनिश्चित गर्न कठोर कदम चाल्न शाखाको जोडदार माग छ।
विमला सेने, अध्यक्ष
खेमराज रानाभाट, महासचिव
नेपाल पत्रकार महासंघ बेलायत
What's Your Reaction?






