ताप्लेजुङ दुर्घटना : ऊर्जा मन्त्रालयले गठन गर्‍यो छानबिन समिति

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले ताप्लेजुङ दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रालयले नेपाल विद्युत् विकास विभागका सुपरिटेन्डेन्ट इन्जिनियर नुतन प्रकाश शर्माको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा मन्त्रालयका दुई जना र पुल्चोक इन्जिनियरिङ क्याम्पसका एक जना सदस्य रहनेछन् । फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा ८ वैशाखमा पाथीभरा मन्दिर […]

Apr 25, 2025 - 13:01
 0
ताप्लेजुङ दुर्घटना : ऊर्जा मन्त्रालयले गठन गर्‍यो छानबिन समिति

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले ताप्लेजुङ दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ ।

मन्त्रालयले नेपाल विद्युत् विकास विभागका सुपरिटेन्डेन्ट इन्जिनियर नुतन प्रकाश शर्माको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिमा मन्त्रालयका दुई जना र पुल्चोक इन्जिनियरिङ क्याम्पसका एक जना सदस्य रहनेछन् ।

फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा ८ वैशाखमा पाथीभरा मन्दिर जाँदै गरेको बोलेरो गाडीमा करेन्ट प्रवाह भएर आगो लाग्दा चार यात्रुको जलेर मृत्यु भएको थियो ।

सडकमा हिँडिरहेको जिपले भुइँमा लत्रिएको अवस्थाको करेन्ट प्रवाह भइरहेको तारमा छोएपछि करेन्टसँगै जिपमा आगो लागेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register