सबै प्रतिस्थापन विधेयक राष्ट्रियसभाबाट पास, प्रतिनिधि सभामा सन्देश पठाइने

काठमाडौं । राष्ट्रियसभामा रहेका पाँच वटा प्रतिस्थापन विधेयक पारित भएको छ । सरकारले ल्याएका पाँच अध्यादेशका प्रतिस्थापन विधेयकहरू राष्ट्रियसभाले सोमबार बहुमतले पास गरेको हो । प्रतिनिधि सभाबाट पास भएर राष्ट्रियसभामा ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,२०८१’, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न […]

Mar 31, 2025 - 11:53
 0
सबै प्रतिस्थापन विधेयक राष्ट्रियसभाबाट पास, प्रतिनिधि सभामा सन्देश पठाइने

काठमाडौं । राष्ट्रियसभामा रहेका पाँच वटा प्रतिस्थापन विधेयक पारित भएको छ । सरकारले ल्याएका पाँच अध्यादेशका प्रतिस्थापन विधेयकहरू राष्ट्रियसभाले सोमबार बहुमतले पास गरेको हो ।

प्रतिनिधि सभाबाट पास भएर राष्ट्रियसभामा ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,२०८१’, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक,२०८१’, ‘निजीकरण (पहिलो संशोधन) विधेयक,२०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक,२०८१’ र ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,२०८१’ पुगेको थियो ।

राष्ट्रियसभाबाट पास भएको पाँच प्रतिस्थापन विधेयकहरू अब प्रतिनिधि सभामा पठाइने छ । प्रतिनिधिसभा नियमावलीको नियम १२८ अनुसार राष्ट्रियसभाबाट प्रतिस्थापन विधेयक पारित भएपछी ती विधेयक पुनः प्रतिनिधि सभामा संदेश सहित आउने छन् ।

प्रतिनिधि सभाका सभामुखले ती विधेयकलाई प्रमाणित गरी राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पठाउनुपर्नेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्रै प्रतिस्थापन विधेयकले कानुनीरूप ग्रहण गर्नेछ ।

चालु संसद् अधिवेशन सुरु हुनुअघि सरकारले विभिन्न ६ अध्यादेश ल्याएको थियो । जसलाई गएको १८ माघको सदन बैठकमा पेस गरिएको थियो । तर, ६ मध्ये भूमिसम्बन्धी अध्यादेशमा सत्तापक्ष भित्रै सहमति बन्न नसकेपछि सरकारले ५ अध्यादेशको प्रतिस्थापन विधेयक ल्याएको थियो ।

अध्यादेश सदनमा पेस गरेको १८ माघको मितिको आधारमा सरकारले ल्याएको प्रतिस्थापन विधेयकलाई चैत १९ गतेभित्र सङ्घीय सदनका दुवै सदनबाट पास गराएर राष्ट्रपतिबाट प्रमाणीकरण गराइसक्नुपर्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register