कोही व्यक्ति किन अचानक बोल्न छोड्छन् ?

काठमाडौं । कोही व्यक्तिले अचानक कुराकानी गर्न बन्द गर्दा हरेकलाई चिन्तित बनाउँछ । हिजोसम्म जो व्यक्ति हाँसी खुशी कुरा गरिरहेको थियो, आज त्यही व्यक्ति तपाईंलाई देखेर पनि नदेखेजस्तो गर्दछ । बारम्बार के भयो भनेर सोध्दा पनि तपाईंले केही जवाफ पाउनुहुँदैन । यो साइलेन्ट ट्रिटमेन्ट अर्थात् नबोलेर नै सजाय दिने तरिका हो, जसले कुनै पनि सम्बन्धलाई […]

Mar 31, 2025 - 12:52
 0
कोही व्यक्ति किन अचानक बोल्न छोड्छन् ?

काठमाडौं । कोही व्यक्तिले अचानक कुराकानी गर्न बन्द गर्दा हरेकलाई चिन्तित बनाउँछ । हिजोसम्म जो व्यक्ति हाँसी खुशी कुरा गरिरहेको थियो, आज त्यही व्यक्ति तपाईंलाई देखेर पनि नदेखेजस्तो गर्दछ । बारम्बार के भयो भनेर सोध्दा पनि तपाईंले केही जवाफ पाउनुहुँदैन । यो साइलेन्ट ट्रिटमेन्ट अर्थात् नबोलेर नै सजाय दिने तरिका हो, जसले कुनै पनि सम्बन्धलाई कमजोर पार्न सक्छ ।

तर, ती व्यक्तिहरू किन यस्तो गर्छन् ? के उनीहरू तपाईंसँग रिसाएका हुन्छन् वा कुनै गहिरो कुराको सङ्केत दिइरहेका हुन्छन् ? आउनुहोस् जानौँ ती कारण, जसले कोही व्यक्तिहरूले साइलेन्ट ट्रिटमेन्ट दिन थाल्छन् ।

यदि तपाईं बारम्बार अरूको भावनाहरूलाई बेवास्ता गर्नुहुन्छ, उनीहरूको समस्याहरूलाई हल्का रूपमा लिनुहुन्छ वा तपाईंको जीवनमा उनीहरूको महत्त्व छैन जस्तो व्यवहार बारम्बार देखाउनुहुन्छ भने उनीहरू आफूलाई बेवास्ता गरेको महसुस गर्न थाल्छन् । यस कारणले गर्दा उनीहरू कुरा गर्नुको सट्टा केही नबोली बस्ने गर्छन् ।

के गर्नुपर्छ ?

जब कोही आफ्नो भावनाहरू तपाईंलाई सुनाउँछन्, तब उसलाई बुझ्ने प्रयास गर्नुहोस् ।

यदि कुनै व्यक्तिले तपाईंलाई धेरैपटक आफ्नो समस्या भनिसकेको छ तर पनि तपाईं त्यही गल्ती दोहोर्‍याउनुहुन्छ भने बिस्तारै उनीहरूले आशा गुमाउँछन् र चुपचाप बस्न थाल्छन् । यस्तो अवस्थामा यदि कोही बारम्बार एउटै कुरा दोहोर्‍याइरहेको छ भने यसलाई गम्भीरताका साथ लिनुहोस् र आफ्नो व्यवहार सुधार्नुहोस् ।

यदि तपाईं हरेक विवादमा आफूलाई सही साबित गर्ने प्रयास गर्नुहुन्छ र अर्को व्यक्तिको भावनाहरूको कदर गर्नुहुन्न भने ऊ बिस्तारै तपाईंबाट टाढा हुन थाल्छ । यस्तो अवस्थामा सधैँ सही हुने जिद्दीपना छोड्नुहोस् र कहिलेकाहीँ आफ्नो पनि गल्ती भएको स्वीकार गर्ने बानी बसाल्नुहोस् ।

कहिलेकाहीँ मानिसहरू आफ्नो कुरा मनाउनका लागि अरूलाई इमोशनली ब्ल्याकमेल गर्न थाल्छन् । यदि तपाईं बारम्बार कसैलाई दोषी महसुस गराउनुहुन्छ वा उनीहरूलाई आफ्नो हिसाबले चलाउने प्रयास गर्नुहुन्छ भने उनीहरू तपाईंबाट टाढा हुन थाल्छन् र साइलेन्ट ट्रिटमेन्ट दिन थाल्छन् । यो समयमा अर्को व्यक्तिको भावनाहरूको सम्मान गर्नुहोस् र जबरजस्ती आफ्नो कुरा मनाउने प्रयास नगर्नुहोस् ।

कहिलेकाहीँ मानिसहरू विवाद, तनाव वा सम्बन्धको कठिनाइले थाक्छन् । उनीहरूलाई कुरा गर्नाले झनै सम्बन्ध बिग्रन्छ भन्ने लाग्न सक्छ । त्यसैले उनीहरू दूरी बनाउनु नै राम्रो ठान्छन् । यस्तो अवस्थामा यदि अर्को व्यक्ति मानसिक रूपमा चिन्तित छ जस्तो लाग्यो भने उसलाई स्पेस दिनुहोस् र आफू सधैँ साथमा रहेको कुरा बताउनुहोस् ।

‘साइलेन्ट ट्रिटमेन्ट’ एकैपटक हुने प्रतिक्रिया होइन, यो यस्तो अवस्था हो जसमा तपाईंको पनि कहीँ कतै गल्ती भइरहेका छ । यदि तपाईंको आफ्नो व्यक्ति तपाईंबाट टाढा भइरहेको छ भने, समय लिएर सोच्नुहोस् र आफ्नो गल्ती सुधार गर्नुहोस् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register