लागुऔषधसहित एक भारतीयसहित दुई जना पक्राउ

झापा, १८ चैत । झापाको मेचीनगर नगरपालिका–५ स्थित नकलबन्दाबाट लागुऔषधसहित एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ । आज बेलुका मेचीनगर नगरपालिका–५ नकलबन्दामा इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले भारतबाट मेचीखोलाको बाटो हुँदै पैदल नेपाल तर्फ आउँदै गरेका भारत दार्जिलिङ नक्सालबाडी दयाराम बस्तीका २० वर्षीय विकास बैठा र दमक नगरपालिका–१ दुरसञ्चार टोलका ३६ [...] The post लागुऔषधसहित एक भारतीयसहित दुई जना पक्राउ appeared first on Jhapa Online.

Mar 31, 2025 - 16:46
 0
लागुऔषधसहित एक भारतीयसहित दुई जना पक्राउ

झापा, १८ चैत । झापाको मेचीनगर नगरपालिका–५ स्थित नकलबन्दाबाट लागुऔषधसहित एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ ।

आज बेलुका मेचीनगर नगरपालिका–५ नकलबन्दामा इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले भारतबाट मेचीखोलाको बाटो हुँदै पैदल नेपाल तर्फ आउँदै गरेका भारत दार्जिलिङ नक्सालबाडी दयाराम बस्तीका २० वर्षीय विकास बैठा र दमक नगरपालिका–१ दुरसञ्चार टोलका ३६ वर्षीय नगेन्द्र बस्नेतलाई पक्राउ गरेको हो ।

उनीहरुमाथि शंका लागेर चेकजाँच गर्ने क्रममा विकासले लगाएको पेन्टको कम्मरको भागमा लुकाई छिपाई ल्याएको ३ ग्राम लागुऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थ फेला परेको थियो । उक्त लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिर्इ आवश्यक कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post लागुऔषधसहित एक भारतीयसहित दुई जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register