आँपचौर जङ्गलमा आगलागी

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित आँपचौर जङ्गलमा सोमबार आगलागी भएको छ । मस्र्याङ्दी जलविद्युत् आयोजना नजिक रहेको जङ्गलमा आगलागी भएपछि उक्त आयोजनालाई अग्नि रेखा लगाएर सुरक्षित राखिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको हो । आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीको नेतृत्वमा २० प्रहरी र जलविद्युत् आयोजनामा खटिएको नेपाली सेनाका सुवेदार […]

Apr 1, 2025 - 03:08
 0
आँपचौर जङ्गलमा आगलागी

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित आँपचौर जङ्गलमा सोमबार आगलागी भएको छ । मस्र्याङ्दी जलविद्युत् आयोजना नजिक रहेको जङ्गलमा आगलागी भएपछि उक्त आयोजनालाई अग्नि रेखा लगाएर सुरक्षित राखिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको हो ।

आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीको नेतृत्वमा २० प्रहरी र जलविद्युत् आयोजनामा खटिएको नेपाली सेनाका सुवेदार विद्याधर रानाभाटको नेतृत्वमा १० जनाको टोली खटिएको थियो ।

स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रण लिइएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register