इदको अवसरमा कतारद्वारा १८ नेपाली कैदीलाई आममाफी 

काठमाडौँ । कतार सरकारले १८ जना नेपाली कैदीलाई आममाफी दिएको छ । कतारले मुस्लिम धर्मावलम्बीको महान पर्व इदको अवसरमा विभिन्न कसुरमा कैद सजाय भोगिरहेका १८ जना नेपाली कैदीलाई आममाफी दिएको हो ।  इद पर्वको अवसरमा १८ जना नेपाली कैदीलाई आममाफी दिएको भन्दै परराष्ट्र मन्त्रालयले विज्ञप्ति नै जारी गरेर कतार सरकारलाई धन्यवाद दिएको छ ।  कतार […]

Apr 1, 2025 - 04:19
 0
इदको अवसरमा कतारद्वारा १८ नेपाली कैदीलाई आममाफी 

काठमाडौँ । कतार सरकारले १८ जना नेपाली कैदीलाई आममाफी दिएको छ । कतारले मुस्लिम धर्मावलम्बीको महान पर्व इदको अवसरमा विभिन्न कसुरमा कैद सजाय भोगिरहेका १८ जना नेपाली कैदीलाई आममाफी दिएको हो । 

इद पर्वको अवसरमा १८ जना नेपाली कैदीलाई आममाफी दिएको भन्दै परराष्ट्र मन्त्रालयले विज्ञप्ति नै जारी गरेर कतार सरकारलाई धन्यवाद दिएको छ । 

कतार सरकारको उक्त निर्णयलाई मन्त्रालयले मानवीय आधारमा गरिएको सौहार्दपूर्ण कदमका रुपमा उल्लेख गरेको छ । त्यस्तै, उक्त निर्णयले नेपाल-कतार द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्नेमा मन्त्रालयले विश्वास व्यक्त गरेको छ । 

नेपाल सरकारले कतारको दोहास्थित नेपाली राजदूतावासमार्फत नेपाली कैदीलाई आममाफीका लागि कतारसँग अनुरोध गरेको थियो । जुन अनुरोधलाई स्वीकार्दै कतारले कतारमा जेल जीवन बिताइरहेको १८ जना नेपालीलाई आममाफी दिएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register