भाटभटेनीका साहसी सुरक्षा गार्ड सम्मानित, पुरस्कारमा ५ लाख रुपैयाँ, एउटा फुली र ५ ग्रेड बढुवा 

काठमाडौँ । कोटेश्वरको भाटभटेनी सुपरमार्केटका साहसी सुरक्षा गार्ड सम्मानित भएका छन् । भाटभटेनीले सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई ५ लाख नगद पुरस्कारसहित सम्मान गरेको हो ।  एक कार्यक्रमकाबीच भाटभटेनी सुपरमार्केटका मालिका मीन बहादुर गुरुङले पराजुलीलाई सम्मान गरेका हुन् ।  लुटपाट र तोडफोडका क्रममा सुरक्षा गार्ड पराजुलीले भाटभटेनीमा प्रवेश गरेर लुट मच्चाउनेहरुलाई एक्लै लौरोले हिर्काउँदै लखेटिरहेका थिए […]

Apr 2, 2025 - 06:04
 0
भाटभटेनीका साहसी सुरक्षा गार्ड सम्मानित, पुरस्कारमा ५ लाख रुपैयाँ, एउटा फुली र ५ ग्रेड बढुवा 

काठमाडौँ । कोटेश्वरको भाटभटेनी सुपरमार्केटका साहसी सुरक्षा गार्ड सम्मानित भएका छन् । भाटभटेनीले सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई ५ लाख नगद पुरस्कारसहित सम्मान गरेको हो । 

एक कार्यक्रमकाबीच भाटभटेनी सुपरमार्केटका मालिका मीन बहादुर गुरुङले पराजुलीलाई सम्मान गरेका हुन् । 

लुटपाट र तोडफोडका क्रममा सुरक्षा गार्ड पराजुलीले भाटभटेनीमा प्रवेश गरेर लुट मच्चाउनेहरुलाई एक्लै लौरोले हिर्काउँदै लखेटिरहेका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल छ । उनको सोही योगदानका लागि सम्मान गरिएको भाटभटेनीका मालिक गुरुङले बताएका छन् । 

भाटभटेनीले पराजुलीलाई ५ लाख १ हजार १ सय ११ रुपैयाँ, एउटा फुली र पाँच ग्रेड बढुवासहित सम्मान गरेको हो । विगत २२ वर्षदेखि भाटभटेनीमा जागिर खाएका पराजुलीले जागिर खाएपछि नै आफूले घरगाडी किनेको बताएका थिए । उनको सम्मानका क्रममा कार्यक्रममा सहभागीहरुले चर्को ताली बजाएका थिए ।

गत शुक्रबार (चैत १५ गते) भएको राजावादीको आन्दोलनका क्रममा केही समूह भाटभटेनीमा प्रवेश गरेर तोडफोड गर्नुका साथै लुटपाट गरेका थिए । सोही क्रममा उनले भाटभटेनीमा क्षति पुर्याउनेहरुलाई लखेटेका थिए । सो दिन भाटभटेनीमा ८० लाख ३३ हजारको क्षति भएको दाबी गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register