लागूऔषध ओसारपसारमा संलग्न ७ जना पक्राउ
उदयपुर, २० चैत्र । उदयपुरको कटारी नगरपालिका–४ स्थितबाट नियन्त्रित लागूऔषध १० हजार ४ सय ६३ ट्याव्लेट र गाँजा १०० ग्राम सहित ओसार पसारमा संलग्न ७ जनालाई इलाका प्रहरी कार्यालय कटारीले पक्राउ गरेको छ । चैत्र १९ गतेकटारी नगरपालिका–४ स्थितबजारमा लागूऔषधको कारोवार भईरहेको भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोलीले ओसारपसारमा संलग्न रहेका कटारी–७ का २९ बर्षीय [...] The post लागूऔषध ओसारपसारमा संलग्न ७ जना पक्राउ appeared first on Jhapa Online.

उदयपुर, २० चैत्र । उदयपुरको कटारी नगरपालिका–४ स्थितबाट नियन्त्रित लागूऔषध १० हजार ४ सय ६३ ट्याव्लेट र गाँजा १०० ग्राम सहित ओसार पसारमा संलग्न ७ जनालाई इलाका प्रहरी कार्यालय कटारीले पक्राउ गरेको छ ।
चैत्र १९ गतेकटारी नगरपालिका–४ स्थितबजारमा लागूऔषधको कारोवार भईरहेको भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोलीले ओसारपसारमा संलग्न रहेका कटारी–७ का २९ बर्षीय हरि बहादुर तामाङ, कटारी–८ का १९ बर्षीय भक्त बहादुर तामाङ, २५ बर्षीय सोम कृष्ण राई, कटारी–४ का २३ बर्षीय अनमोल मगर, २० बर्षीया आरती राउत, २३ बर्षीय सरद कुमार सुनुवार र १९ बर्षीय बिक्रम साशंकारलाई TRUPAIN TABLET– ४ हजार ४ सय ३१ चक्की, SPASPAIN TABLET- ५ हजार ९ सय १२ चक्की र TAPENTA TABLET- १२० चक्की, गाँजा १०० ग्राम, नगद २ लाख ४७ हजार ७ सय २० रुपैयार२ थान मोटरसाईकल सहित पक्राउ गरेको हो ।
लागूऔषध सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको छ ।
The post लागूऔषध ओसारपसारमा संलग्न ७ जना पक्राउ appeared first on Jhapa Online.
What's Your Reaction?






