विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु

झापा,२२ वैशाख । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । झापाको भद्रपुर नगरपालिका–४ झापा चोकमा चन्द्रगढीबाट बनियानीतर्फ जाँदै गरेको प्र.१.०१.०१२ प ९९३७ नम्बरको स्कुटर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा स्कुटरमा सवार सोही नगरपालिका(–२ बस्ने ३५ वर्षीय अनिल लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर [...] The post विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु appeared first on Jhapa Online.

May 5, 2025 - 09:38
 0
विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु

झापा,२२ वैशाख । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

झापाको भद्रपुर नगरपालिका–४ झापा चोकमा चन्द्रगढीबाट बनियानीतर्फ जाँदै गरेको प्र.१.०१.०१२ प ९९३७ नम्बरको स्कुटर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा स्कुटरमा सवार सोही नगरपालिका(–२ बस्ने ३५ वर्षीय अनिल लिम्बुको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली, भजनी नगरपालिका–७ चर्रा गणेशमान चोकस्थित सडकमा युपि ३१ एयु ७३२० नम्बरको मोटरसाइकललाई बिएब ४५९२ नम्बरको स्कारपियोले आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २० वर्षीय कुल्दिप धोबीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नवजिवन अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रोल्पा, परिवर्तन गाउँपालिका–३ बागमारास्थित सडकमा दुईखोलीबाट बागमारातर्फ जाँदै गरेको लु.प्र.०२.००१ त ८९ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक दाङ घर भएका २९ वर्षीय खिम बहादुर सुनारको घटनास्थलमै मृत्यु भएको छ ।

कालिकोट, खाडाचक्र नगरपालिका–३ ताडीस्थित सडकमा क.प्र.०२.००२ प ५८७६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४० वर्षीय धनकृष्ण पाण्डेको मृत्यु भएको छ ।

आइतबार बेलुकी भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मान्म हुँदै थप उपचारको लागि सुर्खेत कालागाउँतर्फ लैजाने क्रममा बाटोमै सोमबार बिहान मृत्यु हो ।

धनुषा, हंशपुर नगरपालिका–३ मझौरास्थित सडकमा बकचौराबाट मझौरातर्फ आउँदै गरेको ज.८ प १४७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार मिथिला बिहारी नगरपालिका–७ तारापट्टी बस्ने ४४ वर्षीया पुनिता देवी ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

बाँके, कोहलपुर नगरपालिका–११ दशबिगाहस्थित सडकमा भे.१ ह ९५६१ नम्बरको ई–रिक्सालाई भे.१ ज ६०६ नम्बरको भ्यानले आइतबार साँझ ठक्कर दिँदा ई–रिक्सा चालक कोहलपुर नगरपालिका–११ शान्तिनगर बस्ने जाजरकोट शिवालय गाउँपालिका–५ घर भएका ३३ वर्षीय भीम बहादुर शाहीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

The post विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register