अमेरिकाले थप ७ जना नेपालीलाई देश निकाला गर्यो

काठमाडौँ । अमेरिकाले थप ७ जना नेपालीलाई देश निकाला गरेको छ । कागजात बिना अवैध रुपमा अमेरिकामा बस्दै आएका उनीहरुलाई अमेरिकाको अध्यागमन विभागले देश निकाला गरेको हो । अमेरिकी अध्यागमनले उनीहरूलाई नेपाली दूतावासबाट ट्राभल डकुमेन्ट बनाएर एयर इन्डियाको विमानबाट यसै साता नेपाल पठाएको छ । निष्कासन पर्नेमा चार जना अवैधरूपमा बसोबास गरिरहेका थिए । त्यस्तै, एक […]

May 7, 2025 - 07:51
 0
अमेरिकाले थप ७ जना नेपालीलाई देश निकाला गर्यो

काठमाडौँ । अमेरिकाले थप ७ जना नेपालीलाई देश निकाला गरेको छ । कागजात बिना अवैध रुपमा अमेरिकामा बस्दै आएका उनीहरुलाई अमेरिकाको अध्यागमन विभागले देश निकाला गरेको हो ।

अमेरिकी अध्यागमनले उनीहरूलाई नेपाली दूतावासबाट ट्राभल डकुमेन्ट बनाएर एयर इन्डियाको विमानबाट यसै साता नेपाल पठाएको छ ।

निष्कासन पर्नेमा चार जना अवैधरूपमा बसोबास गरिरहेका थिए । त्यस्तै, एक जना अवैधरूपमा अमेरिका प्रवेश गरेका थिए भने दुई जनाले अमेरिकी अध्यागमन कानुनको उल्लंघन गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीति लागू भएपछि नेपालीहरू निष्कासनमा पर्ने क्रम बढेको छ । अमेरिका प्रवेश गरी लुकिछिपी बस्ने थुप्रै नेपालीहरु हरेक हप्ता जसो अमेरिकाबाट नेपाली फिर्ता भईरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register