प्रहरीको स्पष्टीकरण – तीनकुनेमा कसैलाई पनि पछाडिबाट गोली हानिएको छैन

काठमाडौं । प्रहरीले तीनकुने घटनामा पछाडिबाट आन्दोलनकारीलाई गोली हानियो भनेर अफवाह फैलाइएको बताएको छ । पत्रकार सम्मेलन गर्दै प्रहरीले कसैलाई पछाडिबाट गोली नहानेको दाबी गरेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले भने, “कसैलाई पछाडिबाट गोली हानिएको छैन । पछाडिबाट गोली हानेको भए कसरी अगाडि पट्टीको भागमा लाग्छ । सबै गोली अगाडिबाट हानिएको […]

Apr 2, 2025 - 12:08
 0
प्रहरीको स्पष्टीकरण – तीनकुनेमा कसैलाई पनि पछाडिबाट गोली हानिएको छैन

काठमाडौं । प्रहरीले तीनकुने घटनामा पछाडिबाट आन्दोलनकारीलाई गोली हानियो भनेर अफवाह फैलाइएको बताएको छ ।

पत्रकार सम्मेलन गर्दै प्रहरीले कसैलाई पछाडिबाट गोली नहानेको दाबी गरेको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले भने, “कसैलाई पछाडिबाट गोली हानिएको छैन । पछाडिबाट गोली हानेको भए कसरी अगाडि पट्टीको भागमा लाग्छ । सबै गोली अगाडिबाट हानिएको छ । भीड नियन्त्रण गर्न गोली हान्ने अवस्था आएको हो ।”

चैत १५ गते दिउँसो २:५४ बजे पहिलो पटक गोली चलाएको उनको भनाइ छ । साथै, प्रहरीले नभई आन्दोलनकारीले झडपको अवस्था सिर्जना गरेको डीआईजी आचार्य बताउँछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register