गरिमा विकास बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा छुट पाउने

काठमाडौँ । गरिमा विकास बैंकका ग्राहकहरुले दराजमा विशेष छुट पाउने भएका छन् । नयाँ वर्ष २०८२ को अवसरमा बैंकका ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् । बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा १५% सम्म छुट प्रदान गर्ने गरी गरिमा विकास बैंक लिमिटेड र दराजबीच सम्झौता सम्पन्न भएको […]

Apr 4, 2025 - 08:52
 0
गरिमा विकास बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा छुट पाउने

काठमाडौँ । गरिमा विकास बैंकका ग्राहकहरुले दराजमा विशेष छुट पाउने भएका छन् । नयाँ वर्ष २०८२ को अवसरमा बैंकका ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा १५% सम्म छुट प्रदान गर्ने गरी गरिमा विकास बैंक लिमिटेड र दराजबीच सम्झौता सम्पन्न भएको छ । नयाँ वर्ष २०८२ लाई मध्यनजर गरी विकास बैंकले यो छुट योजना सार्वजनिक गरेको हो ।

यस छुट योजना अन्तर्गत विकास बैंकका क्रेडिट कार्डहोल्डर ग्राहकहरुले दराजको बेवसाईट वा मोबाईल एपमार्फत कुनै पनि सामान खरिद गर्दा १५% वा अधिकतम रु.७५० सम्म र डेविट कार्ड होल्डर ग्राहकहरुले १०% वा अधिकतम रु.५०० सम्म छुट प्राप्त गर्नेछन् ।

छुट योजना २०८१ चैत्र २२ गतेदेखि सुरु भई २०८१ चैत्र ३१ गतेसम्म लागू हुनेछ । गरिमा विकास बैंकका कार्डहोल्डर ग्राहकहरुले यस योजना सुरु भएपश्चात दराजको बेवसाईट वा मोबाईल एपमा उपलब्ध हुने यस विकास बैंकको नाँउको भौचर संकलन गरी छुट प्राप्त गर्न सक्नेछन् ।

हाल, गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटिएम मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register