ऊर्जामन्त्रीलाई कुलमानको जवाफ – आफैँ साइन गर्ने अनि प्राधिकरणको नाफा ‘फेक’ भन्ने

काठमाडौं । कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको नाफा सही भएको बताएका छन् । ‘महालेखा परीक्षकको कार्यालयबाट प्रमाणित भएको विवरण कसरी फेक हुन्छ’ उनले प्रश्न गरे । पत्रकार सम्मेलन गर्दै कुलमानले देशभरबाट हरेक छ महिनामा विवरण उठाएर महालेखा परीक्षकबाट प्रमाणिकरण गरेर प्राधिकरणको आर्थिक विवरण सार्वजनिक हुने गरेको बताए । ऊर्जामन्त्री दीपक खड्काले प्राधिकरणको नाफा फेक भन्नुहुन्छ […]

Apr 4, 2025 - 09:31
 0
ऊर्जामन्त्रीलाई कुलमानको जवाफ – आफैँ साइन गर्ने अनि प्राधिकरणको नाफा ‘फेक’ भन्ने

काठमाडौं । कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको नाफा सही भएको बताएका छन् ।

‘महालेखा परीक्षकको कार्यालयबाट प्रमाणित भएको विवरण कसरी फेक हुन्छ’ उनले प्रश्न गरे ।

पत्रकार सम्मेलन गर्दै कुलमानले देशभरबाट हरेक छ महिनामा विवरण उठाएर महालेखा परीक्षकबाट प्रमाणिकरण गरेर प्राधिकरणको आर्थिक विवरण सार्वजनिक हुने गरेको बताए ।

ऊर्जामन्त्री दीपक खड्काले प्राधिकरणको नाफा फेक भन्नुहुन्छ नि भन्ने प्रश्रमा उनले भने, “६ महिना लगाएर विवरण उठाएर महालेखा परीक्षकबाट प्रमाणिकरण गर्छौँ । त्यसमा मन्त्री, अर्थसचिव, सचिवको साइन हुन्छ । अनि त्यसलाई फेक भन्न मिल्छ ।”

बोर्डले स्वीकृत गरेपछि प्राधिकरणको विवरण बाहिर आउने उनको भनाइ छ ।

ऊर्जामन्त्री खड्काले विद्युत् प्राधिकरणले देखाउने नाफा फेक रहेको प्रतिनिधि सभा तथा राष्ट्रियसभामा केही पटक भनिसकेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register