थाइल्यान्डबाट फर्केर ओलीले भने – सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादमा प्रमुख अतिथिका रूपमा निम्त्याइएका भारतीय समकक्षी नरेन्द्र मोदी नेपाल आउन नभ्याउने बताएका छन् । थाइल्यान्डको एक दिने औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को शिखर सम्मेलनबाट स्वदेश फिर्ता भएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मोदीको नेपाल भ्रमणबारे जानकारी गराएका […]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादमा प्रमुख अतिथिका रूपमा निम्त्याइएका भारतीय समकक्षी नरेन्द्र मोदी नेपाल आउन नभ्याउने बताएका छन् ।
थाइल्यान्डको एक दिने औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को शिखर सम्मेलनबाट स्वदेश फिर्ता भएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मोदीको नेपाल भ्रमणबारे जानकारी गराएका हुन् ।
‘यसपटक सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न, उहाँको पहिला नै युरोप जाने कार्यक्रम तय भइसकेको रहेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘उक्त कार्यक्रम सेट भइसकेकाले उहाँ यहाँ आउन सक्नुहुन्न । तर, भारतको राम्रैस्तरको उपस्थिति हुन्छ ।’
What's Your Reaction?






