सगरमाथा आरोहणका लागि अहिलेसम्म ७७ जनाले लिए अनुमति

काठमाण्डौ, २४ चैत । आउँदो सिजनमा सगरमाथा आरोहणका लागि अहिलेसम्म ७७ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार अहिलेसम्म सात आरोही समूहका १७ महिला र ६० पुरुषले अनुमति लिइसकेका छन् । अनुमति लिने क्रम चलिरहेको छ । यसैबीच सगरमाथा आरोहणका लागि बाटो निर्माण भइरहेको छ । खुम्बु आइसफल क्षेत्रमा चार वटा भर्‍याङ र १२ [...] The post सगरमाथा आरोहणका लागि अहिलेसम्म ७७ जनाले लिए अनुमति appeared first on Jhapa Online.

Apr 6, 2025 - 10:52
 0
सगरमाथा आरोहणका लागि अहिलेसम्म ७७ जनाले लिए अनुमति

काठमाण्डौ, २४ चैत । आउँदो सिजनमा सगरमाथा आरोहणका लागि अहिलेसम्म ७७ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार अहिलेसम्म सात आरोही समूहका १७ महिला र ६० पुरुषले अनुमति लिइसकेका छन् । अनुमति लिने क्रम चलिरहेको छ ।

यसैबीच सगरमाथा आरोहणका लागि बाटो निर्माण भइरहेको छ । खुम्बु आइसफल क्षेत्रमा चार वटा भर्‍याङ र १२ वटा किला ठोकिसकिएको विभागका निर्देशक लीलाधर अवस्थीले बताउनुभयो ।

दोस्रो शिविरसम्म दुई हजार दुई सय मिटरसम्म बाटो बनाउनुपर्नेमा अहिलेसम्म एक हजार एक सय मिटरसम्मको बाटो बनिसकेको छ । सगरमाथा क्षेत्रमा दुई दिनयता तीव्र बेगको हावा चलेकाले बाटो बनाउन कठिन भइरहेको बाटो बनाउने काम गरिरहेको संस्था सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपीसीसी० ले जनाएको छ ।

एसपीसीसीले बाटो बनाउन १० जना आइसफल डाक्टरलाई खटाएको छ । दोस्रो शिविरसम्म बाटो तयार भएपछि पर्वतारोहण सञ्चालक सङ्घले दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने अर्थात् डोरी टाँग्ने काम गर्छ ।

वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आउँछन् । सगरमाथासहित २९ वटा हिमाल आरोहणका लागि अहिलेसम्म एक सय ९८ जनाले आरोहण अनुमति लिएका विभागले जनाएको छ ।रासस

The post सगरमाथा आरोहणका लागि अहिलेसम्म ७७ जनाले लिए अनुमति appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register