मेयर कप–२०८१ : देव मल्लिकको हेट्रिक, वडा नं. ८ र ११ विजयी

शिवसताक्षी, २२ चैत । झापाको शिवसताक्षीमा जारी मेयर कप २०८१ को शुक्रबार भएको खेलमा शिवसताक्षी नगरपालिका वडा नं. ८ र वडा नं.११ विजयी भएका छन् । आज भएको पहिलो खेलमा शिवसताक्षी नगरपालिका वडा नं. ९ लाई ३–० गोल अन्तरले हराउँदै वडा नं. ८ विजयी भएको हो । वडा नं. ८ का खेलाडी सुदिप मगर, शोहन [...] The post मेयर कप–२०८१ : देव मल्लिकको हेट्रिक, वडा नं. ८ र ११ विजयी appeared first on Jhapa Online.

Apr 4, 2025 - 15:20
 0
मेयर कप–२०८१ : देव मल्लिकको हेट्रिक, वडा नं. ८ र ११ विजयी

शिवसताक्षी, २२ चैत । झापाको शिवसताक्षीमा जारी मेयर कप २०८१ को शुक्रबार भएको खेलमा शिवसताक्षी नगरपालिका वडा नं. ८ र वडा नं.११ विजयी भएका छन् । आज भएको पहिलो खेलमा शिवसताक्षी नगरपालिका वडा नं. ९ लाई ३–० गोल अन्तरले हराउँदै वडा नं. ८ विजयी भएको हो ।

वडा नं. ८ का खेलाडी सुदिप मगर, शोहन थापा र मनिष मगरले १÷१ गोल गरेका थिए ।खेलको म्यान अफ दी म्याच वडा नं. ८ का शोहज थापा घोषित भए । उनले नगद २ हजार एक प्राप्त गरे । वडा नं. ८ का वडाध्यक्ष सन्त फेउदिनले खेलमा गोल गर्ने तीन जना खेलाडी र आफ्नो टिमको गोलकिप्परलाई प्रोत्साहन सहित जनही एक हजार प्रदान गरेका थिए ।

त्यस्तै आजै भएको दोस्रो खेल वडा नं. ११ विजयी भएको छ । वडा नं. ११ ले वडा नं. ६ लाई ३–० गोल अन्तरले हराउँदै विजयी भएको वडाध्यक्ष बहादुर आङ्गबोले जानकारी दिए । खेलमा वडा नं. ११ का टिम क्याप्टेन देव मल्लिकले हेट्रिक गरेका थिए । खेलको म्यान अफदी म्याच वडा नं. ११ का देव मल्लिक घोषित भए । उनले नगद २ हजार एक सय प्राप्त गरे । दुवै विजयी टिमका म्यान अफदी म्याच घोषित हुने खेलाडीलाई नगद पुरस्कार प्राइम कमर्शियल बैंक झिलझिले शाखाले उपलब्ध गराएको थियो ।

प्रतियोगिताको फुटबल तर्फ प्रथमले ५५ हजार, द्वितीयले ३५ हजार सहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने छन् ।

भोलि शनिबार वडा नं. २ र ३ र वडा नं. १ र १० बीच खेल हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ । प्रतियोगिता शिवसताक्षीको झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा सञ्चालन भइरहेको छ ।

The post मेयर कप–२०८१ : देव मल्लिकको हेट्रिक, वडा नं. ८ र ११ विजयी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register