कोशी पर्यटन वर्ष २०८२ शुरु, पर्यटन वर्षले नेपालको अर्थतन्त्रलाई महत्वपूर्ण सहयोग पुर्‍याउने

झापा, २७ चैत । कोशी प्रदेश सरकारले २०८२ साललाई लक्षित गरेर कोशी पर्यटन वर्ष शुरु गरेको छ । कोशी प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्नुभयो । कार्यक्रममा उपप्रधान तथा शहरी विकास मन्त्री सिंहले पर्यटन वर्षले नेपालको अर्थतन्त्रलाई महत्वपूर्ण सहयोग पुर्‍याउने बताउनुभयो । कार्यक्रममा [...] The post कोशी पर्यटन वर्ष २०८२ शुरु, पर्यटन वर्षले नेपालको अर्थतन्त्रलाई महत्वपूर्ण सहयोग पुर्‍याउने appeared first on Jhapa Online.

Apr 9, 2025 - 14:30
 0
कोशी पर्यटन वर्ष २०८२ शुरु, पर्यटन वर्षले नेपालको अर्थतन्त्रलाई महत्वपूर्ण सहयोग पुर्‍याउने

झापा, २७ चैत । कोशी प्रदेश सरकारले २०८२ साललाई लक्षित गरेर कोशी पर्यटन वर्ष शुरु गरेको छ ।

कोशी प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्नुभयो । कार्यक्रममा उपप्रधान तथा शहरी विकास मन्त्री सिंहले पर्यटन वर्षले नेपालको अर्थतन्त्रलाई महत्वपूर्ण सहयोग पुर्‍याउने बताउनुभयो । कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही पर्यटनको समृद्ध वर्षका लागि कोशी प्रदेश पर्यटन वर्षले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

पर्यटनका नीति, गन्तव्य निर्माणका लागि पर्यटन वर्ष सुरु गरिएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बताउनुभयो । प्रदेशमा रहेका अनेकौँ पर्यटनको सम्भावनालाई पहिचान गर्न पर्यटन वर्ष मनाउन सुरु सरकारले जनाएको छ । पर्यटन वर्षपछि पर्यटकीय गन्तव्यको पहिचान गरेर २०८३ मा कोशी प्रदेश भ्रमण वर्ष मनाउने तयारी प्रदेश सरकारको छ । ‘रमणीय कोशी’ भन्ने नाराका साथ मनाउन लागिएको पर्यटन वर्षका लागि प्रदेश सरकारले २०८२ का लागि ८२ पर्यटकीय गन्तव्यको सुची तयार गरेको छ ।

कोशी प्रदेश सरकारले भारतबाट आउने पर्यटकको सजिलोका लागि नाकाहरूमा पर्यटकीय बस तथा सवारी साधनलाई स्टिकर लगाइदिने तयारी पनि गरेको छ । यस्तो स्टिकर लगाएको सवारी साधनमा आउने र जाने मिति तोकेपछि बीच बाटोमा अनावश्यक रूपमा झन्झट नदिने र चेक जाँच नगर्ने कोशी प्रदेश सरकारले जनाएको छ ।

The post कोशी पर्यटन वर्ष २०८२ शुरु, पर्यटन वर्षले नेपालको अर्थतन्त्रलाई महत्वपूर्ण सहयोग पुर्‍याउने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register