नेपाली विद्यार्थीलाई लण्डनमा नयाँ अवसर

काठमाडौं ।  लण्डनस्थित युनिभर्सिटी अफ हडर्सफिल्डसँग भएको साझेदारीसँगै नेपाली विद्यार्थीलाई लण्डनमा नयाँ अवसर प्राप्त हुने भएकाे छ । लण्डनस्थित स्टडी ग्रुपका सिइओ इयान क्राइटनले नेपाल भ्रमणका क्रममा लण्डनमा नेपाली विद्यार्थीका लागि शैक्षिक अवसर विस्तार गर्ने प्रतिवद्धता जानएका हुन् ।  उनले आफ्नो भ्रमणले विश्वकै उत्कृष्ट विद्यार्थी शहर  स्टडी ग्रुपको प्रतिबद्धता थप सशक्त बनेको बताए ।  युनिभर्सिटी […]

Apr 9, 2025 - 18:09
 0
नेपाली विद्यार्थीलाई लण्डनमा नयाँ अवसर

काठमाडौं ।

 लण्डनस्थित युनिभर्सिटी अफ हडर्सफिल्डसँग भएको साझेदारीसँगै नेपाली विद्यार्थीलाई लण्डनमा नयाँ अवसर प्राप्त हुने भएकाे छ । लण्डनस्थित स्टडी ग्रुपका सिइओ इयान क्राइटनले नेपाल भ्रमणका क्रममा लण्डनमा नेपाली विद्यार्थीका लागि शैक्षिक अवसर विस्तार गर्ने प्रतिवद्धता जानएका हुन् । 

उनले आफ्नो भ्रमणले विश्वकै उत्कृष्ट विद्यार्थी शहर  स्टडी ग्रुपको प्रतिबद्धता थप सशक्त बनेको बताए । 

युनिभर्सिटी अफ हडर्सफिल्ड आफ्नो विस्तृत पाठ्यक्रम र विद्यार्थीलाई प्रदान गरिने उच्चस्तरीय सहयोगका लागि प्रसिद्ध छ । 

नेपाली विद्यार्थीलाई उत्कृष्ट शिक्षा, सहयोग, मार्गदर्शन र अन्य अन्तर्राष्ट्रिय स्रोतहरू उपलब्ध गराउन तयार रहेको स्टडी ग्रुपले जनाएको छ ।  जसले विश्वव्यापी शिक्षा हासिल गर्न सहयोग गर्ने ग्रुपको विश्वास छ । 

नयाँ अवसरमा व्यवस्थापन, अन्तर्राष्ट्रिय व्यापार, कम्प्युटिङ, मार्केटिङजस्ता मास्टर कार्यक्रम समावेश हुनेछन् । कार्यक्रममा लण्डनको शैक्षिक केन्द्रमा विकास भइरहेको युनिभर्सिटी अफ हडर्सफिल्डको नयाँ क्याम्पसबारे छलफल गरिएको थियो । जसबाट विद्यार्थीलाई रोजगारमुखी वातावरणमा सिक्ने अवसर प्राप्त हुने सिइओ क्राइटनले बताए।

 अन्तर्राष्ट्रिय शिक्षाले विद्यार्थीको जीवनमा पार्ने रूपान्तरणकारी प्रभावले स्टडी ग्रुपलाई निरन्तर प्रेरित गरिरहेको उनको भनाइ थियो ।

विद्यार्थीहरूलाई रोजगारमुखी वातावरणमा सिक्ने अवसर प्राप्त हुने उल्लेख गर्दै उनले विद्यार्थीरूलाई सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न सहयोग गर्ने बताए। साथै सही विद्यार्थीहरूले सही पाठ्यक्रम र सही विश्वविद्यालय चयन गर्नु नै उनीहरूको शैक्षिक र व्यावसायिक सफलताका लागि अत्यन्त महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register