दुर्गा प्रसाईंलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याउने तयारी

काठमाडौं । तीनकुनेको प्रदर्शनस्थलबाट फरार भएका राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई भारतबाट नेपाल ल्याइएको छ । उनलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट आज (शुक्रबार) बिहान झापा ल्याइएको छ । अब प्रसाईंलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याइने प्रहरी स्रोतले जनाएको छ । प्रसाईंलाई ल्याइएपछि झापाको काँकडभिट्टा नाकामा उनका समर्थकहरू भेला भएका थिए । काँकडभिट्टामा उनका समर्थहरूले अवरोध गर्ने […]

Apr 11, 2025 - 05:59
 0
दुर्गा प्रसाईंलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याउने तयारी

काठमाडौं । तीनकुनेको प्रदर्शनस्थलबाट फरार भएका राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई भारतबाट नेपाल ल्याइएको छ ।

उनलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट आज (शुक्रबार) बिहान झापा ल्याइएको छ ।

अब प्रसाईंलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याइने प्रहरी स्रोतले जनाएको छ ।

प्रसाईंलाई ल्याइएपछि झापाको काँकडभिट्टा नाकामा उनका समर्थकहरू भेला भएका थिए । काँकडभिट्टामा उनका समर्थहरूले अवरोध गर्ने सुरक्षा विश्लेषणको आधारमा नाका परिवर्तन गरेर उनलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याउने प्रहरीको तयारी रहेको बुझिएको छ ।

प्रसाईंले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको उनको सचिवालयले बिहीबार जनाएको थियो ।

तर नेपाल प्रहरीले भने मेडिकल व्यवसायीसमेत रहेका प्रसाईं पक्राउ परेको विषयको खण्डन गर्दै उनी खोजीको सूचीमा रहेको जनाएको थियो ।

प्रहरीले भन्यो : दुर्गा प्रसाईं पक्राउ परेका छैनन्

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register