अमेरिकाविरुद्ध डब्ल्यूटीओमा चीनको उजुरी
काठमाडौं । अमेरिका र चीन बीचको कर युद्ध जारी छ । यसबीच चीनले विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ)मा अमेरिकी करविरुद्ध थप उजुरी दर्ता गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार डब्ल्यूटीओमा चीनले अमेरिकाले लगाएको करको बारेमा थप गुनासो पनि गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा भन्सार शुल्क १० प्रतिशतले बढाएको बेला पनि फेब्रुअरीमा […]

काठमाडौं । अमेरिका र चीन बीचको कर युद्ध जारी छ ।
यसबीच चीनले विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ)मा अमेरिकी करविरुद्ध थप उजुरी दर्ता गरेको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार डब्ल्यूटीओमा चीनले अमेरिकाले लगाएको करको बारेमा थप गुनासो पनि गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा भन्सार शुल्क १० प्रतिशतले बढाएको बेला पनि फेब्रुअरीमा उजुरी दर्ता गरेको थियो ।
यसपछि चीनले गत हप्ता डब्ल्यूटीओमा भन्सार शुल्कको बारेमा अर्को उजुरी दर्ता गरेको हो । अमेरिकी कर वृद्धिको सामना गरिरहेको कुनै पनि देशले विवाद समाधान गर्न डब्ल्यूटीओमा उजुरी दर्ता गर्न सक्नेछन् ।
अमेरिकाले चीनमा १४५ प्रतिशत कर लगाउने घोषणा गरेको छ भने जवाफमा चीनले पनि अतिरिक्त शुल्क बढाएर १२५ प्रतिशत पुर्याएको छ ।
अमेरिकासँग नझुक्ने चीनको रणनीति, अतिरिक्त शुल्क बढाएर १२५ प्रतिशत पुर्यायो
What's Your Reaction?






