भुइँ मान्छेको परिचर्चा

उदयपुर ।  साहित्यकार तथा राजनीज्ञका रुपमा परिचित डा. विन्दा पाण्डेद्धारा लिखित पुस्तक भुईँ मान्छेको बारेमा आइतबार उदयपुरको गाईघाटस्थित संगम पुस्तकालयमा परिचर्चा कार्यक्रम भएको छ । संगम सामुदायिक पुस्तकालयको आयोजनामा भएको सो कार्यक्रममा पुस्तककी लेखिका डा. विन्दा पाण्डेको पनि उपस्थिति रहेको थियो । वामपन्थी राजनीतिका विषयमा भोगेका, देखेका, सुनेका र स्थलगत रुपमा जे कुरा देखियो अनुभव […]

Apr 13, 2025 - 16:56
 0
भुइँ मान्छेको परिचर्चा

उदयपुर ।

 साहित्यकार तथा राजनीज्ञका रुपमा परिचित डा. विन्दा पाण्डेद्धारा लिखित पुस्तक भुईँ मान्छेको बारेमा आइतबार उदयपुरको गाईघाटस्थित संगम पुस्तकालयमा परिचर्चा कार्यक्रम भएको छ । संगम सामुदायिक पुस्तकालयको आयोजनामा भएको सो कार्यक्रममा पुस्तककी लेखिका डा. विन्दा पाण्डेको पनि उपस्थिति रहेको थियो ।

वामपन्थी राजनीतिका विषयमा भोगेका, देखेका, सुनेका र स्थलगत रुपमा जे कुरा देखियो अनुभव गरियो त्यही विषयलाई लिएर पुस्तक लेखिएको छ । नेपालको वाम आन्दोलनले लिनु पर्ने बाटो र लक्ष्य उद्देश्य अनुसार, सर्वहारा तथा श्रमजीवी वर्गसम्म वामपन्थीहरु पुग्न नसकेको पुस्तकमा उल्ल्ोख छ । समाजमा रहेका विपन्न वर्गको अवस्था परिवर्तनकालागि धरै आन्दोलनहरु भए । कुनै पनि दीगो काम गर्न नसकेको अवस्थामा नेपालका वामपन्थी शक्ति एकजुट हुनुको साटो फूट भएर धेरै प्रकारका समस्याहरु देखिएको पुस्तकमा उल्ल्ोख गरिएको  प्रम’ख वक्ता तथा पुस्तककी लेखिका डा. विन्दा पाण्डेले बताइन् । 

पुस्तक परिचर्चा कार्यक्रममा त्रियुगा जनता बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख सह प्राध्यापक रमेशचन्द्र रोका, वरिष्ठ पत्रकार कौशल चेम्जोङ, पूर्व प्रदेशसभा सदस्य एवम् तक्षशिला कलेज गाईघाटका अध्यक्ष विमल कार्की ले पुस्तकका बारेमा टिप्पणी गरेका थिए । 

सो कार्यैक्रममा उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेल महिला पुनस्र्थापना केन्द्र (ओरेक) उदयपुरकी प्रमुख बाला कार्की लगायतका वक्ताहरुले पुस्तकले दिन खोजेको सन्देशका बारेमा र महिला आन्दोलन हक अधिकारका बारेमा कुरा उठाएका थिए ।

अध्यक्षता विहीन सो कार्यक्रममा प्रमुख वक्ताका रुपमा पुस्तककी लेखिका डा. विन्दा पाण्डे नै रहेकी थिइन्  भने कार्यक्रमको समापन पनि डा. पाण्डेबाट नै भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register