शौचालय फोहोर भएको भन्दै प्रधानमन्त्री कार्यालयमा गुनासो

काठमाडौं । सरकारी कार्यालय र सरकारी विद्यालयमा शौचालय फोहोर भएको भन्दै हेलो सरकारमार्फत प्रधानमन्त्री कार्यालयमा गुनासो आएको छ । गुनासो आएसँगै प्रधानमन्त्री कार्यालयको निर्देशनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयहरूको शौचालय सफा राख्न परिपत्र गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत शौचालय सफा राख्न परिपत्र गरेको हो । मन्त्रालयले विद्यालयको शौचालयहरूमा आवश्यक […]

Jan 27, 2025 - 06:53
 0
शौचालय फोहोर भएको भन्दै प्रधानमन्त्री कार्यालयमा गुनासो

काठमाडौं । सरकारी कार्यालय र सरकारी विद्यालयमा शौचालय फोहोर भएको भन्दै हेलो सरकारमार्फत प्रधानमन्त्री कार्यालयमा गुनासो आएको छ ।

गुनासो आएसँगै प्रधानमन्त्री कार्यालयको निर्देशनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयहरूको शौचालय सफा राख्न परिपत्र गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत शौचालय सफा राख्न परिपत्र गरेको हो ।

मन्त्रालयले विद्यालयको शौचालयहरूमा आवश्यक मापदण्ड कार्यान्वयन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई निर्देशन दिएको छ ।

केन्द्रले समेत ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गरेर विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि,२०७५ को अनुसूची–१ बमोजिमको मापदण्ड पालना गराउन भनेको छ ।

विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छतासहितको व्यवस्था गराउन आफ्नो जिल्लाका विद्यालयहरूमा स्थानीय तह मार्फत मापदण्ड कार्यान्वयन गर्न गराउन सहजीकरण गर्न अनुरोध गरेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register