आजदेखि पाँच रुपैयाँका नयाँ नोट प्रचलनमा, हस्ताक्षर तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको छ । राष्ट्र बैंकले बैशाख २ गते (मंगलबार) देखि पाँच रुपैयाँ दरका थप १० लाख थान नयाँ नोट प्रचलनमा ल्याएको हो ।  हाल प्रचलनमा ल्याइएको पाँच रुपैयाँको नयाँ नोट साबिककै आकार र रंगमा रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार न४५ […]

Apr 15, 2025 - 08:42
 0
आजदेखि पाँच रुपैयाँका नयाँ नोट प्रचलनमा, हस्ताक्षर तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको छ । राष्ट्र बैंकले बैशाख २ गते (मंगलबार) देखि पाँच रुपैयाँ दरका थप १० लाख थान नयाँ नोट प्रचलनमा ल्याएको हो । 

हाल प्रचलनमा ल्याइएको पाँच रुपैयाँको नयाँ नोट साबिककै आकार र रंगमा रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार न४५ ०००००१ देखि भ१८ ९९९९९९का नोट प्रचलनमा ल्याइएको छ ।

प्रचलनमा आएको पाँच रुपैयाँको नयाँ नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालिगुराँसको पानी छाप छ । जसमा राष्ट्र बैंकका तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर छ । नोटको तल्लो भागको किनारमा वि.सं २०८१ लेखिएको छ । 

नोटको पछिल्लो भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक, मध्यभागमा जङ्गली याक र हुम्लाको लिमी क्षेत्रको हिमालको चित्र र तल्लो भागको किनारामा अंग्रेजीमा रुपैयाँ फाइभ तथा मिति लेखिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register