ओलीको कुर्सीलाई एमाले र कांग्रेसबाटै खतरा छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सीलाई एमाले र कांग्रेसबाट खतरा रहेको बताएका छन् । आजपा केन्द्रीय कार्यालय कोटेश्वर, काठमाडौंमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले नेपाली कांग्रेस र एमालेका इमानदार नेताकार्यकर्ताहरूले नेताहरूको कुकर्मलाई स्वीकार नगर्ने टिप्पणी गरेका हुन् । ‘नेपाली कांग्रेस र […]

Apr 15, 2025 - 14:45
 0
ओलीको कुर्सीलाई एमाले र कांग्रेसबाटै खतरा छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सीलाई एमाले र कांग्रेसबाट खतरा रहेको बताएका छन् ।

आजपा केन्द्रीय कार्यालय कोटेश्वर, काठमाडौंमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले नेपाली कांग्रेस र एमालेका इमानदार नेताकार्यकर्ताहरूले नेताहरूको कुकर्मलाई स्वीकार नगर्ने टिप्पणी गरेका हुन् ।

‘नेपाली कांग्रेस र नेकपा एमालेका इमानदार नेताकार्यकर्ताहरूले यी नेताहरूको कुकर्मलाई स्वीकार्दैनन् । नेताहरूको लुट, भ्रष्टाचार तपाईंकै पार्टीका नेताकार्यकर्तालाई बढी थाहा छ,’ अध्यक्ष साहले भने, ‘अत्याचारविरुद्ध गठित पार्टी जहाँ मदन भण्डारी, विपी कोइरालाको विचार प्रवाहित भइरहेको छ । त्यो पार्टीले नेताहरूको कुकर्मलाई कदापी स्वीकार्दैनन् ।’

अहिले मुलुक गम्भिर संकटबाट गुज्रिरहेको बताउदै उनले नेताहरूले जति छिटो सिंहदरबारबाट कुर्सी खाली गर्छन् त्यति छिटै नै मुलुकको संकट समाधान हुने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register