ताङतिङको विकास सहयोगार्थ बेलायतमा परोपकारी रात्रीभोज

क्याम्ब्रिज (यूके)– ताङतिङ मितेरी संघ यूकेले 
क्याम्ब्रीज इसेक्सस्थित कारभर ब्यारेकको अफिसर मेसमा परोपकारी रात्रीभोज गरेको छ । गत अप्रिल १२ तारिख शनिवार संयुक्त अधिराज्य (यूके) का लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेको प्रमुख आतिथ्यमा १८औ वार्षिकोत्सव र परोपकारी रात्रीभोज (च्यारिटी डिनर नाइट) भएको हो । नेपालको गण्डकी प्रदेश, कास्की जिल्ला मादी गाउँ पालिका वडा नं […]

Apr 15, 2025 - 20:51
 0
ताङतिङको विकास सहयोगार्थ बेलायतमा परोपकारी रात्रीभोज

क्याम्ब्रिज (यूके)– ताङतिङ मितेरी संघ यूकेले 
क्याम्ब्रीज इसेक्सस्थित कारभर ब्यारेकको अफिसर मेसमा परोपकारी रात्रीभोज गरेको छ ।

गत अप्रिल १२ तारिख शनिवार संयुक्त अधिराज्य (यूके) का लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेको प्रमुख आतिथ्यमा १८औ वार्षिकोत्सव र परोपकारी रात्रीभोज (च्यारिटी डिनर नाइट) भएको हो ।

नेपालको गण्डकी प्रदेश, कास्की जिल्ला मादी गाउँ पालिका वडा नं २ ताङतिङ गाउँ तथा त्यस वरपरका गाउँहरुको सहयोगार्थ सम्पन्न उक्त च्यारिटी डिनर नाइटको प्रवन्ध ताङतिङ मितेरी संघ यूकेका अध्यक्ष पूर्व डिस्ट्रिक्ट काउन्सिलर टिना नाइट तथा ताङतिङ समाज यूकेका निवर्तमान अध्यक्ष पूर्व उपमेयर काउन्सिलर लक्ष्य गुरुङले संयोजन गरेका थिए ।

कार्यक्रममा राजदूत चन्द्र कुमार घिमिरेले नेपाली नयाँ वर्षको अवसरमा यूकेस्थित थुप्रै संघसंस्थाले आफूलाई कार्यक्रममा निमन्त्रणा गरेपनि ताङतिङ मितेरी संघको च्यारिटीमा सहभागी हुन पाउँदा खुशी लागेको बताए ।

राजदूतले नेपालको पहाडी गाउँहरुमा बसोबास गर्ने गरिव दुःखीहरुको सहयोगका लागि संस्थाले गरेको परोपकारी कार्य र सदस्यहरुको जोस ज्यादै प्रशंसनीय रहेको पनि उल्लेख गरे ।

राजदूत घिमिरेले असह्य र गरिवहरुलाई सहयोग गर्दा कहिल्यै गरिव नहुने र एकअर्काको अस्तित्वलाई अपनत्व गर्दैै सहयोग गर्नु राम्रो कार्य भएको बताए । राजदूत घिमिरेले नयाँ पुस्ताहरुलाई पनि यस किसिमका परोपकारी कार्यमा प्रेरित र हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कार्भर ब्यारेक रोयल इन्जिनियर्सका मेजर स्टिभ मार्स, लेप्टिनेन्ट कर्णेल रिटायर्ड माइकल गारसिया एमबीई, मोटिभेसनल स्पिकर (उत्प्रेरक वक्ता) बिली डिक्सन र कर्णेल रिटायर्ड केलम स्कट आदिले ताङतिङ मितेरी संघको परोपकारी रात्रीभोज कार्यक्रममा सहभागी हुन पाउँदा खुशी ब्यक्त गर्दै ताङतिङ मितेरी संघको पून्य तथा परोपकारी कार्यहरुको प्रशंसा गरेका थिए ।

कार्यक्रमको अन्त्यमा ताङतिङ मितेरी संघ यूके अध्यक्ष टिना नाइटले उपस्थित सबैलाई धन्यवाद दिइन् ।

ताङतिङ समाज यूकेका अध्यक्ष तर्कजङ गुरुङले पनि उपस्थित सबैलाई धन्यवाद दिंदै संघले ताङतिङको शिक्षा, स्वास्थ्य र समग्र विकासमा पुरयाइरहेको योगदानप्रति आभार प्रकट गरे ।

अध्यक्ष गुरुङले ताङतिङको विकासमा विशेष सहयोग गरेकामा ताङतिङ मितेरी संघ यूके अध्यक्ष टिना नाइट र उनको स्वकीय सहायक निकी केलीलाई पुष्पगुच्छ प्रदान गर्दै कृतज्ञता प्रकट गरेका थिए ।

स्मरण रहोस् ताङतिङ मितेरी संघ यूके बेलायत र नेपालका गाउँहरुबीच मीत (भगिनी सम्बन्ध गाँस्ने) लगाउने पहिलो संस्था हो । यसैको अनुशरण गरेर पछिल्लो समय बेलायत र नेपालका विभिन्न गाउँ तथा शहरहरुबीच मीत लगाउने प्रचलन बढेको छ ।

राफल ड्र (चिठा) र अक्सन गरिएको सो कार्यक्रममा क्याम्ब्रीज वरपरका थुप्रै मितेरी मित्र र अन्य नेपालीहरु समेत उपस्थित थिए । कार्यक्रममा ताङतिङ मितेरी संघ यूकेका ट्रष्टी काउन्सिलर लक्ष्य गुरुङले राजाको नाममा लोयल टोस्ट र ताङतिङ समाज यूकेका सल्लाहकार जीत गुरुङले नेपालको राष्ट्रपतिको नाममा लोयल टोस्ट गरेका थिए । उक्त परोपकारी रात्रीभोज कार्यक्रम मास्टर भिन्स हवाकरले सञ्चालन गरेका थिए ।

सन् २००७ मा स्थापना भएको ताङतिङ मितेरी संघ यूकेले ताङतिङ र त्यस वरपरका क्षेत्रका गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, ताङतिङको स्कुलमा इलाइब्रेरी, दीर्घ रोघीहरुलाई निशुल्क औषधि, निशुल्क स्वास्थ्य शिविर, प्राकृतिक प्रकोपको बेला सहयोगलगायत समग्र ताङतिङको विकासमा आवश्यक सहयोग गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register