राप्रपाले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने भएको छ । पार्टीको कार्यसम्पादन समिति बैठकले यसबारे निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । राजसंस्था पुनर्स्थापना र आफ्ना नेताहरूको रिहाइको माग गर्दै ७७ वटै जिल्लामा विरोधसभा गरिने पनि उनले बताए । लिङ्देनले भने, “वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको […]

Apr 17, 2025 - 11:01
 0
राप्रपाले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने भएको छ ।

पार्टीको कार्यसम्पादन समिति बैठकले यसबारे निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । राजसंस्था पुनर्स्थापना र आफ्ना नेताहरूको रिहाइको माग गर्दै ७७ वटै जिल्लामा विरोधसभा गरिने पनि उनले बताए ।

लिङ्देनले भने, “वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ । सरकारले यहाँ प्रदर्शन गर्नू, यहाँ नगर्नू भनेर निषेधित क्षेत्र तोक्दै मौलिक अधिकारलाई संकुचित बनाउँदै लगेको छ । त्यसविरुद्ध निषेधित क्षेत्रमा गएर प्रदर्शन गर्ने निर्णय गरेका हौँ ।”

आफूहरूको प्रदर्शन शान्तिपूर्ण नै हुने उनको भनाइ छ ।

गत चैत १५ गते तीनकुने घटनामा पक्राउ परेका पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणासहितलाई रिहाइ गर्न माग गर्ने निर्णय पनि बैठकले गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register