संवैधानिक पदाधिकारी नियुक्तिविरूद्धको रिट हेर्दाहेर्दैमा

काठमाडौं । ५२ संवैधानिक पदाधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले रिटलाई हेर्दाहेर्दैमा राखेको हो । अब अर्को पेसी ६ चैतका लागि तोकिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला गरिएको विवादास्पद नियुक्तिमाथि चार वर्षदेखि संवैधानिक इजलासमा मुद्दा अड्किएको छ । ओलीले अध्यादेश जारी गरेर दुई पटक संसद् विघटन […]

Mar 5, 2025 - 11:35
 0
संवैधानिक पदाधिकारी नियुक्तिविरूद्धको रिट हेर्दाहेर्दैमा

काठमाडौं । ५२ संवैधानिक पदाधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले रिटलाई हेर्दाहेर्दैमा राखेको हो । अब अर्को पेसी ६ चैतका लागि तोकिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला गरिएको विवादास्पद नियुक्तिमाथि चार वर्षदेखि संवैधानिक इजलासमा मुद्दा अड्किएको छ ।

ओलीले अध्यादेश जारी गरेर दुई पटक संसद् विघटन गर्दै संवैधानिक आयोगमा ५२ जना पदाधिकारीलाई नियुक्त गरेका थिए ।

नियुक्तिविरुद्ध अधिवक्ता ओमप्रकाश अर्याल, कीर्तिनाथ शर्मा, सुलभ खरेल, समृत खरेल, निशान्तबाबु खड्का, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले रिट दायर गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register