५ वर्षमा अमेरिकामा ४२ हजार नेपालीले लिए ‘ग्रिन कार्ड’

काठमाडौँ । पछिल्लो पाँच वर्षमा अमेरिकामा ग्रिन कार्ड लिने नेपालीको संख्या ४२ हजार नाघेको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डिएचएस)को तथ्यांक अनुसार सन् २०१९ देखि सन् २०२३ सम्म ४२ हजार ३ सय ५७ जना नेपालीले अमेरिकामा कानूनी प्रक्रिया पूरा गरेर ग्रिन कार्ड लिएका छन् । ग्रिन कार्ड कानुनी प्रक्रिया पूरा गरेर अमेरिकामा स्थायी […]

Apr 18, 2025 - 05:29
 0
५ वर्षमा अमेरिकामा ४२ हजार नेपालीले लिए ‘ग्रिन कार्ड’

काठमाडौँ । पछिल्लो पाँच वर्षमा अमेरिकामा ग्रिन कार्ड लिने नेपालीको संख्या ४२ हजार नाघेको छ ।

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डिएचएस)को तथ्यांक अनुसार सन् २०१९ देखि सन् २०२३ सम्म ४२ हजार ३ सय ५७ जना नेपालीले अमेरिकामा कानूनी प्रक्रिया पूरा गरेर ग्रिन कार्ड लिएका छन् ।

ग्रिन कार्ड कानुनी प्रक्रिया पूरा गरेर अमेरिकामा स्थायी बसोबास गर्न सकिने आधिकारिक अनुमतिपत्रका रुपमा लिइने कार्ड हो । अमेरिकामा डाइभर्सिटी भिसा (डिभी लोटरी), रोजागर, असाइलम र एक्ट्रा अर्डिनरीका आधारमा नेपालीहरुले ग्रिन कार्ड पाएका छन् ।

सोही अवधिमा अमेरिकामा गैरकानूनी रुपमा बसोबार गरेका आधारमा ३ सय २४ जना नेपालीलाई निष्कासित गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register