बङ्गलादेशमा हिन्दू नेताको अपहरण गरी हत्या

काठमाडौं । बङ्गलादेशका एक प्रमुख हिन्दू नेता भावेशचन्द्र रोयको अपहरण गरी हत्या गरिएको छ । ५८ वर्षीय रोयको घर बङ्गलादेशको राजधानी ढाकाबाट लगभग ३३० किलोमिटर उत्तरपश्चिममा रहेको दिनाजपुर जिल्लाको बासुदेवपुर गाउँमा छ । केही मानिसले उनलाई उनको घरबाट अपहरण गरेको आरोप छ । पछि उनी गम्भीर घाइते अवस्थामा फेला परेका थिए । अस्पताल पुग्नुअघि नै […]

Apr 20, 2025 - 03:56
 0
बङ्गलादेशमा हिन्दू नेताको अपहरण गरी हत्या

काठमाडौं । बङ्गलादेशका एक प्रमुख हिन्दू नेता भावेशचन्द्र रोयको अपहरण गरी हत्या गरिएको छ ।

५८ वर्षीय रोयको घर बङ्गलादेशको राजधानी ढाकाबाट लगभग ३३० किलोमिटर उत्तरपश्चिममा रहेको दिनाजपुर जिल्लाको बासुदेवपुर गाउँमा छ ।

केही मानिसले उनलाई उनको घरबाट अपहरण गरेको आरोप छ । पछि उनी गम्भीर घाइते अवस्थामा फेला परेका थिए । अस्पताल पुग्नुअघि नै उनको मृत्यु भएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।

स्थानीय मिडियाले प्रहरी र परिवारका सदस्यहरूलाई उद्धृत गर्दै बुधबार दिउँसो ४ः३० बजेतिर भावेशलाई फोन आएको बताएका छन् । उनलाई फोन गर्ने व्यक्तिहरूले पछि उनीमाथि आक्रमण गरेको विश्वास गरिन्छ ।

डेली स्टारको रिपोर्ट अनुसार यो फोन कलको लगभग ३० मिनेटपछि दुईवटा मोटरसाइकलमा चारजना पुरुष रोयको घरमा आइपुगेका थिए ।

यी मानिसहरूले उनलाई अपहरण गरेर नरबारी नामक गाउँमा लगेको आरोप छ, जहाँ उनलाई कुटपिट गरिएको थियो ।

परिवारका सदस्यहरूले डेली स्टारलाई बताएअनुसार रोयलाई आक्रमणकारीहरूले भ्यानमा बेहोस अवस्थामा घर पठाएका थिए ।

उनलाई दिनाजपुरको अस्पताल लगिएको थियो । तर अस्पताल पुग्नासाथै उनलाई मृत घोषित गरियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register