बङ्गलादेशमा हिन्दू नेताको हत्याप्रति भारतको प्रतिक्रिया– अल्पसङ्ख्यकमाथि जानाजान गरिएको उत्पीडनको ढाँचा

काठमाडौं । एक प्रमुख हिन्दू नेता भावेशचन्द्र रोयको हत्या गरिएको घटनापछि भारतले बङ्गलादेशप्रति कडा असन्तुष्टि व्यक्त गरेको छ । भारत सरकारले मोहम्मद युनुसको नेतृत्वमा रहेको बङ्गलादेशको अन्तरिम सरकारले आफ्ना अल्पसङ्ख्यक समुदायको सुरक्षा सुनिश्चित गर्न नसकेको आरोप लगाएको छ । विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले शनिबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामी बङ्गलादेशमा हिन्दू अल्पसङ्ख्यक […]

Apr 20, 2025 - 04:29
 0
बङ्गलादेशमा हिन्दू नेताको हत्याप्रति भारतको प्रतिक्रिया– अल्पसङ्ख्यकमाथि जानाजान गरिएको उत्पीडनको ढाँचा

काठमाडौं । एक प्रमुख हिन्दू नेता भावेशचन्द्र रोयको हत्या गरिएको घटनापछि भारतले बङ्गलादेशप्रति कडा असन्तुष्टि व्यक्त गरेको छ ।

भारत सरकारले मोहम्मद युनुसको नेतृत्वमा रहेको बङ्गलादेशको अन्तरिम सरकारले आफ्ना अल्पसङ्ख्यक समुदायको सुरक्षा सुनिश्चित गर्न नसकेको आरोप लगाएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले शनिबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामी बङ्गलादेशमा हिन्दू अल्पसङ्ख्यक नेता भावेशचन्द्र रोयको अपहरण र क्रुर हत्याको बारेमा जानकार छौं र हामी यस घटनाबाट दुःखी छौं ।’

यो घटना त्यहाँको अन्तरिम सरकारको शासनकालमा हिन्दू अल्पसङ्ख्यकमाथि जानाजान गरिएको उत्पीडनको ढाँचा अनुरुप रहेको भारतको ठहर छ ।

‘यो हत्या त्यहाँको अन्तरिम सरकारको शासनकालमा हिन्दू अल्पसङ्ख्यकमाथि जानाजान गरिएको उत्पीडनको ढाँचा अनुरुप छ, जबकि पहिलेका यस्ता घटनाका दोषीहरू अझै पनि दण्डित छैनन् र फरार छन्,’ विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच घटनाको विरोधका कोलकातामा प्रदर्शन भएको छ । जहाँ प्रदर्शनकारीहरूले बङ्गलादेशका अल्पसंख्यकहरूको सुरक्षाको माग गरेका छन् ।

बङ्गलादेशका ५८ वषीएय हिन्दू नेता रोयको शनिबार अपहरण गरी हत्या गरिएको थियो ।

बङ्गलादेशमा हिन्दू नेताको अपहरण गरी हत्या

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register