करेन्ट लागेर युवाको मृत्यु

रामेछाप । रामेछापका करेन्ट लागेर एक जना युवको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछापको लिखुतामाकोसी गाउँपालिका ५ का २४ बर्षिय मणिराज तामाङ रहेका छन् । शनिवार साँझ ६ः३० बजेको समयमा टिफरमा बालुवा लोड गर्ने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रहरीका अनुसार मृतक तामाङका दाइले चलाएको बा ३ क १५०५ […]

Apr 20, 2025 - 07:19
 0
करेन्ट लागेर युवाको मृत्यु

रामेछाप ।

रामेछापका करेन्ट लागेर एक जना युवको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछापको लिखुतामाकोसी गाउँपालिका ५ का २४ बर्षिय मणिराज तामाङ रहेका छन् ।

शनिवार साँझ ६ः३० बजेको समयमा टिफरमा बालुवा लोड गर्ने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रहरीका अनुसार मृतक तामाङका दाइले चलाएको बा ३ क १५०५ नम्बरको टिफरमा बसी सेलेघाट–साघुँटार निर्माणाधीन सडक खण्डको लागि श्री भारत कन्स्ट्रक्सन सिद्धि साई जे.भि. कम्पनीले खाँडादेवी गाउँपालिका–४ रजगाउँमा सञ्चालन गरेको क्रसरमा बालुवा लोड गर्न गएका थिए ।

बालुवा लोड गर्ने क्रममा टिफरको हुटमा भएको साबेल लिन जाँदा सोही टिफर माथिबाट गएको विद्युत् प्राधिकरणको हाईटेन्सन लाइनमा छोई करेन्ट लागि निज मणिराज तामाङ घाइते भएका थिए ।

घाइते तामाङलाई उपचारका लागि मन्थली अस्पताल लगिए पनि अस्पताल पुग्नासाथ अस्पतालका चिकित्सकले शनिवार बुलुका ७ः३० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंहले जानकारी दिनुभयो ।

प्रहरीले अहिले टिफर चालक मृतक तामाङका दाइ वर्ष २५ का कमल बहादुर तामाङलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । मृतक तामाङको शव अहिले मन्थली अस्पतालमा राखिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register