माछापुच्छ्रे बैंकको नाफा २८.८९ प्रतिशतले बढ्यो

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २८.८९ प्रतिशतले बढेको छ । चैत मसान्तसम्म बैंकले कुल १ अर्ब १० करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्षको सोहि अवधिमा बैंकको खुद नाफा ८५ […]

Apr 20, 2025 - 08:11
 0
माछापुच्छ्रे बैंकको नाफा २८.८९ प्रतिशतले बढ्यो

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २८.८९ प्रतिशतले बढेको छ । चैत मसान्तसम्म बैंकले कुल १ अर्ब १० करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्षको सोहि अवधिमा बैंकको खुद नाफा ८५ करोड ५४ लाख रुपैयाँ थियो ।

समिक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज घटेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज घट्दा नाफामा सुधार आएको हो । यसअवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज  ९४ करोड ४३ लाखबाट घटेर ७१ करोड ५६ लाख रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी बढेर ४ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ८४ करोड रहेको थियो ।

माछापुच्छ्रे बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ अर्ब ४३ करोड ३० लाख रुपैयाँ जम्मा छ । बैंकको प्रतिसेयर आम्दानी १२.६५ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १५६. २० रुपैयाँ छ । बैंकको लाभांश वितरण क्षमता ७ करोड ७ लाख रुपैयाँ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register