केशरी २’को कमाइले अक्षय कुमारलाई राहत

‘पछिल्लो फिल्म ‘केशरी २’को कमाइले बलिउड अभिनेता अक्षय कुमारलाई राहत मिलेको छ । फिल्मले प्रदर्शनको २ दिनसम्म भारतभर १७.२५ करोड भारु कमाएको छ । ‘केशरी च्याप्टर २ – द अनटोल्ड स्टोरी अफ जालिनवाला बाग’ नामक यो कोर्टरुम ड्रामा फिल्मले ७.७५ करोड भारुको ओपनिङ गरेको थियो । दोस्रो दिन शनिबार ९.५० करोड भारु कमायो । फिल्ममा [...] The post केशरी २’को कमाइले अक्षय कुमारलाई राहत appeared first on Jhapa Online.

Apr 20, 2025 - 09:27
 0
केशरी २’को कमाइले अक्षय कुमारलाई राहत

‘पछिल्लो फिल्म ‘केशरी २’को कमाइले बलिउड अभिनेता अक्षय कुमारलाई राहत मिलेको छ । फिल्मले प्रदर्शनको २ दिनसम्म भारतभर १७.२५ करोड भारु कमाएको छ ।

‘केशरी च्याप्टर २ – द अनटोल्ड स्टोरी अफ जालिनवाला बाग’ नामक यो कोर्टरुम ड्रामा फिल्मले ७.७५ करोड भारुको ओपनिङ गरेको थियो । दोस्रो दिन शनिबार ९.५० करोड भारु कमायो ।

फिल्ममा अक्षयसहित आर माधवन र अनन्या पाण्डेको शीर्ष भूमिका छ । लगातार फिल्म फ्लप भैरहेको बेला अक्षयलाई यो फिल्मको कमाइले राहत दिएको छ । तर, सन् २०१९ मा रिलिज भएको भन्दा यो फिल्मको कमाइ न्यून हो ।

फिल्मले पहिलो सप्ताहन्त ३० करोड भारु कमाउन सक्ने प्रक्षेपण भारतीय फिल्मको विश्लेषण गर्ने एजेन्सी स्याकनिल्कले जनाएको छ । पछिल्लो समय सुस्त कमाइ गरिरहेको बलिउड र एकपछि अर्कोगरि लगातार असफल फिल्म दिइरहेका अक्षयलाई यो फिल्मले ढाडस दिएको देखिन्छ ।

यो फिल्म अझै लामो जाने देखिन्छ किनभने यसको ‘वर्ड अफ माउथ’ भारतमा सकारात्मक छ । भारतीय राष्ट्रवादको कथा समेटिएको यो फिल्मले नेपालमा भने पहिलो सप्ताहन्त न्यून कमाइ गरेको छ ।

भारतीय बक्सअफिसमा अक्षयको केशरी २ लाई सनी देओलको ‘जाट’ले चुनौति दिइरहेको छ । दोस्रो सप्ताहन्तमा कमाइमा गिरावट आएपनि ‘जाट’ले १० दिनसम्म ७० करोड हाराहारीमा कमाइ गरेको छ ।

The post केशरी २’को कमाइले अक्षय कुमारलाई राहत appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register