पेन्सनधारीले दोहोरो सुविधा लिए सरकारी बाँकी सरह असुल उपर हुने

काठमाडौं। संघीय निजामति विधेयकमा दोहोरो सुविधा रोक्नेगरी कानुन प्रस्ताव गरिने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरूले पेन्सनधारीहरूले समेत दोहोरो सुविधा लिइरहेको भन्दै त्यसलाई रोक्ने गरी विधेयकमा प्रावधान राख्न माग गरेका छन् । समितिको बैठकमा बोल्दै काङ्ग्रेस, एमाले तथा माओवादी केन्द्रका सांसदहरूले पेन्सनधारीहरूको दोहोरो सुविधा अन्त्य गर्ने प्रावधान उल्लेख गर्न माग गरेका हुन् […]

Apr 21, 2025 - 09:31
 0
 पेन्सनधारीले दोहोरो सुविधा लिए सरकारी बाँकी सरह असुल उपर हुने

काठमाडौं। संघीय निजामति विधेयकमा दोहोरो सुविधा रोक्नेगरी कानुन प्रस्ताव गरिने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरूले पेन्सनधारीहरूले समेत दोहोरो सुविधा लिइरहेको भन्दै त्यसलाई रोक्ने गरी विधेयकमा प्रावधान राख्न माग गरेका छन् ।

समितिको बैठकमा बोल्दै काङ्ग्रेस, एमाले तथा माओवादी केन्द्रका सांसदहरूले पेन्सनधारीहरूको दोहोरो सुविधा अन्त्य गर्ने प्रावधान उल्लेख गर्न माग गरेका हुन् । समितिमा बोल्दै काङ्ग्रेस सांसद हृदयराम थानी, सरिता प्रसाइँ, अम्बिका बस्नेतले कानुन मार्फत नै दोहोरो सुविधा अन्त्य हुनुपर्ने माग गरे । बैठकमा बोल्दै सांसद बस्नेतले भनिन्, ‘कसैले केही पनि नपाउने कसैले दोहोरो सुविधा लिने न्यायोचित हुँदैन । यो कुरा रोक्नुपर्छ ।’

एमाले सांसद रघुजी पन्तले पनि दोहोरो सुविधा पाउने कुरा रोक्नुपर्ने माग गरेका छन् । माओवादी केन्द्रका प्रमुख सचेत हीतराज पाण्डेले राजनीतिक नियुक्ति पाएकाहरूले नियुक्तिको सुविधा, पेन्सनको सुविधा र सामाजिक सुरक्षाको सुविधा लिएको पाइएकाले यसलाई रोक्नुपर्ने माग गरे । ‘राजनीतिक नियुक्ति लिएपछि सुविधा जुन धेरै हुन्छ त्यो छनौट गर्ने सुविधा दिऔँ । तर पेन्सन पनि लिने नियुक्तिको पनि सुविधा लिने अनि सामाजिक सुरक्षा भत्ता पनि लिने कुरालाई बन्द गरौँ,’ उनले भने ।

सांसदहरूले यस्तो माग गरेपछि समिति सभापति रामहरी खतिवडाले दोहोरो सुविधा लिएको पाइएमा असुल उपर गर्नेगरी कानुन ल्याइने बताए । ‘दोहोरो सुविधान अन्त्य गर्ने निर्णय गर्ने भएका छौँ । नियुक्तिका सुविधा वा निवृत्तिभरण मध्ये एक रोज्नुपर्ने व्यवस्था गर्छौँ ।’

दोहोरो सुविधा लिएको पाइएमा त्यसलाई असुल उपर गर्ने प्रावधान नै विधेयकमा राखिने उनले बताए । ‘यस सुविधा लिइएको पाइएमा सरकारी बाँकी सरह असुल उपर गरिनेछ,’ उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register