कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । मङ्गलबार बिहान बसेको बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने बैठकपछि जानकारी दिए । यससँगै अब कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि नै सुरु हुनेछ […]

Apr 22, 2025 - 05:44
 0
कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ ।

मङ्गलबार बिहान बसेको बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने बैठकपछि जानकारी दिए ।

यससँगै अब कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि नै सुरु हुनेछ ।

परीक्षाको व्यवस्थापन सञ्चालन गर्ने शिक्षकहरू यतिबेला २१ दिनदेखि सडक आन्दोलनमा छन् ।

शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलित भएको शिक्षक महासङ्घले १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको छ । यस्तोमा परीक्षाबारे निर्णय लिन बैठक बोलाइएको थियो ।

यसैबीच शिक्षा क्षेत्रमा सङ्कट आइरहेका बेला सोमबार मात्रै शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी थिइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असयोगका कारण उनले राजीनामा दिएको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register