सुन तोलाकै २ लाख नजिक, एकैदिन ६९ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलाको २ लाख रुपैयाँ ‍नजिक पुगेको छ । छापावाल सुनको मूल्य मङ्गलबार तोलामा एकैपटक ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी महासङ्घकाअनुसार यो जुन अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि सोमबार सुनको मूल्य तोलाको १ लाख ९१ हजार […]

Apr 22, 2025 - 06:05
 0
सुन तोलाकै २ लाख नजिक, एकैदिन ६९ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलाको २ लाख रुपैयाँ ‍नजिक पुगेको छ ।

छापावाल सुनको मूल्य मङ्गलबार तोलामा एकैपटक ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी महासङ्घकाअनुसार यो जुन अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि सोमबार सुनको मूल्य तोलाको १ लाख ९१ हजार रुपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड कायम गरेको थियो ।

यस्तै, चाँदीको मूल्य भने सामान्य बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register