ट्रम्पले लगाए १०० देशमा भन्सार शुल्क, नेपालका लागि १० प्रतिशत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका १०० देशमा लगाइएको कर (भन्सार शुल्क)को सूची जारी गरेका छन् । यो सूची राष्ट्रपति ट्रम्पको कार्यालयले आफ्नो एक्स ह्यान्डलमा पोस्ट गरेको छ । यस सूचीमा नेपालको नाम पनि समावेश छ । नेपालका लागि नयाँ भन्सार दर १० प्रतिशत लगाइएको छ । यस्तै ट्रम्पले भारतमाथि २६ प्रतिशत कर लगाएका […]

Apr 3, 2025 - 04:17
 0
ट्रम्पले लगाए १०० देशमा भन्सार शुल्क, नेपालका लागि १० प्रतिशत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका १०० देशमा लगाइएको कर (भन्सार शुल्क)को सूची जारी गरेका छन् ।

यो सूची राष्ट्रपति ट्रम्पको कार्यालयले आफ्नो एक्स ह्यान्डलमा पोस्ट गरेको छ । यस सूचीमा नेपालको नाम पनि समावेश छ । नेपालका लागि नयाँ भन्सार दर १० प्रतिशत लगाइएको छ । यस्तै ट्रम्पले भारतमाथि २६ प्रतिशत कर लगाएका छन् ।

साथै, नेपाmलका अन्य छिमेकी देशमा फरक–फरक दरमा भन्सार लगाइएको छ । यस घोषणामा चीनमा ३४ प्रतिशत, पाकिस्तानमा २९ प्रतिशत, बङ्गलादेशमा ३७ प्रतिशत तथा म्यानमार र श्रीलङ्कामा ४४ प्रतिशत भन्सार लगाइएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register