मुम्बईको लगातार चौथो जित, हैदरावादलाई सात विकेटले हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार चौथो जित हात पारेको छ । मुम्बईले बुधबार भएको खेलमा सनराइजर्स हैदरावादलाई सात विकेटले हराउँदै चौथो जित हात पारेको हो । हैदरावादले दिएको १४४ रनको लक्ष्य मुम्बईले २६ बल बाँकी रहँदा तीन विकेटको क्षतिमा १४६ रन जोड्दै पूरा गर्यो । मुम्बईको जितमा रोहित शर्माले ७० […]

Apr 24, 2025 - 05:30
 0
मुम्बईको लगातार चौथो जित, हैदरावादलाई सात विकेटले हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार चौथो जित हात पारेको छ । मुम्बईले बुधबार भएको खेलमा सनराइजर्स हैदरावादलाई सात विकेटले हराउँदै चौथो जित हात पारेको हो ।

हैदरावादले दिएको १४४ रनको लक्ष्य मुम्बईले २६ बल बाँकी रहँदा तीन विकेटको क्षतिमा १४६ रन जोड्दै पूरा गर्यो । मुम्बईको जितमा रोहित शर्माले ७० रन जोडे ।

४६ बलको सामना गरेका उनले आठ चौका र तीन छक्का प्रहार गरे । सूर्यकुमार यादवले १९ बलमा अविजित ४० रनको योगदान गरे । उनले पाँच चौका र दुई छक्का हिर्काए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावाद आठ विकेटको क्षतिमा १४३ रनमा सीमित भएको थियो । १३ रनमा चौथो तथा ३५ रनमा पाँचौँ विकेट गुमाएको हैदरावादका लागि हेन्रिक क्लासेन र अभिनव मनोहरले छैटौँ विकेटका लागि ९९ रनको साझेदार गरेका थिए ।

मुम्बईका लागि ट्रेन्ट बोल्टले चार ओभरमा २६ रन खर्चेर चार विकेट लिए । उनी प्लेयर अफ द म्याच बने । दीपक चाहरले चार ओभरमा १२ रन खर्चेर दुई विकेट लिए ।

यो जितसँगै मुम्बई अङ्क तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । मुम्बईको नौ खेलमा १० अङ्क छ ।

यसैगरी हैदरावाद नौ खेलमा चार अङ्कसहित नवौँ स्थानमा छ ।

हेरौं अङ्क तालिका :

 

छैटौं जितसहित दिल्ली दोस्रो स्थानमा यथावत, लखनऊको चौथो हार

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register