राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समितिको बैठक आज (बिहीबार) बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सिफलमा दिउँसो साढे १ बजे बस्नेछ । आजको बैठकमा पार्टी अध्यक्ष कमल थापाले समसामयिक पछिल्लो अवस्था र भावी योजनाका विषयमा धारणा राख्ने तयारी छ । यस्तै बैठकमा पार्टीको भूमिका र साङ्गठनिक गतिविधि, चैत १५ गते भएको तीनकुने […]

Apr 24, 2025 - 08:48
 0
राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समितिको बैठक आज (बिहीबार) बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सिफलमा दिउँसो साढे १ बजे बस्नेछ ।

आजको बैठकमा पार्टी अध्यक्ष कमल थापाले समसामयिक पछिल्लो अवस्था र भावी योजनाका विषयमा धारणा राख्ने तयारी छ ।

यस्तै बैठकमा पार्टीको भूमिका र साङ्गठनिक गतिविधि, चैत १५ गते भएको तीनकुने घटनाका बारेमा छलफल हुने बताइएको छ ।

त्यस घटनासँग सम्बन्धित भएर पक्राउ परेकाहरूको रिहाइका साथै उक्त घटनाका बारेमा न्यायिक छानबिन आयोग गठनका लागि सरकारलाई दबाब दिने विषयमा छलफल हुने राप्रपा नेपालले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register