लागुऔषध ब्राउन सुगर र गाँजासहित ६ जना पक्राउ

मोरङ, ११ वैशाख । सुनसरी र उदयपुयरको विभिन्न स्थानहरुबाट वैशाख १० गते लागुऔषध ब्राउन सुगर र गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले मोरङको बिराटनगर महानगरपालिका–१३ स्थितमा चेकजाँचको क्रममा धनकुटा शहिदभुमी गाउँपालिका –७ का ३५ वर्षीय बालकृष्ण राई र सुनसरीको धरान उप–महानगरपालिका–१० का ३२ वर्षीय मनोज [...] The post लागुऔषध ब्राउन सुगर र गाँजासहित ६ जना पक्राउ appeared first on Jhapa Online.

Apr 24, 2025 - 09:10
 0
लागुऔषध ब्राउन सुगर र गाँजासहित ६ जना पक्राउ

मोरङ, ११ वैशाख । सुनसरी र उदयपुयरको विभिन्न स्थानहरुबाट वैशाख १० गते लागुऔषध ब्राउन सुगर र गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले मोरङको बिराटनगर महानगरपालिका–१३ स्थितमा चेकजाँचको क्रममा धनकुटा शहिदभुमी गाउँपालिका –७ का ३५ वर्षीय बालकृष्ण राई र सुनसरीको धरान उप–महानगरपालिका–१० का ३२ वर्षीय मनोज गुरुङलाई लागूऔषध गाँजा ६ किलोग्राम सहित पक्राउ गरेको हो ।

त्यसैगरी सुनसरीको देवानगंज गाउँपालिका–२ स्थितबाट इलाका प्रहरी कार्यालय देवानगंजको प्रहरी टोलिले हरिनगराबाट देवानगंज तर्फ आउँदै गरेको द्यच् घडब् म्द्धज्ञघघ नम्बरको मोटरसाईकलमा सवार भारत अररिया पत्राहा–१५ का २६ वर्षीय को मोहम्मद जावेद, ३० वर्षिय मोहम्मद जमशेर र २५ वर्षीय मोहम्मद आलविनलाई ५०० ग्राम गाँजा सहित पक्राउ गरेको हो ।

यसकासाथै उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट गस्तिमा खटिएको प्रहरी टोलिले बेलका नगरपालिका–९ का २४ वर्षीय जनम गहतराजलाई ब्राउन सुगर २०० मिलिग्राम सहित पक्राउ गरेको छ ।

ब्राउन सुगर र गाँजा सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

The post लागुऔषध ब्राउन सुगर र गाँजासहित ६ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register