सर्वसाधारण कुट्ने चार जना ट्राफिक प्रहरी कारबाहीमा

झापा, १२ बैशाख । एक जना सर्वसाधारणलाई कुटेको अभियोगमा चार जना ट्राफिक प्रहरीहरू कारबाहीमा परेका छन् । चार जना प्रहरीहरूले एक जना सर्वसाधारणलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमार्फत प्राप्त भएपछि उनीहरुलाई ट्राफिक प्रहरी वृत्त जनसेवाको जिम्मेवारीबाट हटाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् ट्राफिक प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सर्वसाधारणलाई [...] The post सर्वसाधारण कुट्ने चार जना ट्राफिक प्रहरी कारबाहीमा appeared first on Jhapa Online.

Apr 25, 2025 - 02:04
 0
सर्वसाधारण कुट्ने चार जना ट्राफिक प्रहरी कारबाहीमा

झापा, १२ बैशाख । एक जना सर्वसाधारणलाई कुटेको अभियोगमा चार जना ट्राफिक प्रहरीहरू कारबाहीमा परेका छन् ।

चार जना प्रहरीहरूले एक जना सर्वसाधारणलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमार्फत प्राप्त भएपछि उनीहरुलाई ट्राफिक प्रहरी वृत्त जनसेवाको जिम्मेवारीबाट हटाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् ट्राफिक प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सर्वसाधारणलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल, विभिन्न सञ्चार माध्यमहरूमा आएपछि हामीले खोजीनिती प¥यौँ र उक्त कार्यमा संलग्न देखिएका चार जना ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाइएको र आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको छ ।”

“वैशाख ११ गते सामाजिक सञ्जाल, विभिन्न सञ्चार माध्यमहरूमा ट्राफिक प्रहरीद्वारा एकजना पुरुष व्यक्तिमाथि कुटपिट तथा दुर्व्यवहार गरेको भिडियो प्रकाशन भएको सम्बन्धमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ”, प्रवक्ता एवं ट्राफिक प्रहरी उपरीक्षक गिरीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रारम्भिक अनुसन्धान अनुसार उक्त घटना गत मङ्सिर २३ गते सुन्धारास्थित आकाशे पुल मुनि भएको पाइएको छ । ती प्रहरीहरूलाई ट्राफिक प्रहरी वृत्त, जनसेवाको जिम्मेवारीबाट हटाइ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा झिकाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

The post सर्वसाधारण कुट्ने चार जना ट्राफिक प्रहरी कारबाहीमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register