आन्दोलनरत शिक्षकलाई गाउँपालिकाको निर्देशन- १४ गतेदेखि विद्यालय नआए राजीनामा दिनू
गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिकाले आन्दोलनरत शिक्षकहरूलाई कडा निर्देशन दिएको छ। पालिका अध्यक्ष वेद बहादुर थापाले शुक्रबार एक परिपत्र जारी गर्दै शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई वैशाख १४ गतेदेखि अनिवार्य रूपमा विद्यालयमा उपस्थित हुन निर्देशन दिएका हुन्। गाउँपालिकाले जारी गरेको परिपत्रमा नेपाल शिक्षक महासङ्घको आह्वानमा भइरहेको शिक्षक आन्दोलनका कारण विद्यालयको पठनपाठनमा गम्भीर समस्या उत्पन्न भएको उल्लेख […]

गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिकाले आन्दोलनरत शिक्षकहरूलाई कडा निर्देशन दिएको छ। पालिका अध्यक्ष वेद बहादुर थापाले शुक्रबार एक परिपत्र जारी गर्दै शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई वैशाख १४ गतेदेखि अनिवार्य रूपमा विद्यालयमा उपस्थित हुन निर्देशन दिएका हुन्।
गाउँपालिकाले जारी गरेको परिपत्रमा नेपाल शिक्षक महासङ्घको आह्वानमा भइरहेको शिक्षक आन्दोलनका कारण विद्यालयको पठनपाठनमा गम्भीर समस्या उत्पन्न भएको उल्लेख छ। पालिकाले तोकिएको समयमा विद्यालयमा उपस्थित हुन नसक्ने शिक्षक तथा कर्मचारीहरूलाई राजीनामा दिन वा सरुवा प्रक्रिया अगाडि बढाउन समेत निर्देशन दिएको छ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासङ्घले चैत २० गतेदेखि काठमाडौंमा सडक आन्दोलन गरिरहेको छ। यस आन्दोलनका कारण देशभरका शैक्षिक गतिविधिहरू प्रभावित भएका छन्। कालिगण्डकी गाउँपालिकाले भने अब आन्दोलनका कारण पठनपाठनमा थप अवरोध हुन नदिने अडान लिएको देखिएको छ।
What's Your Reaction?






