‘सरकारको असक्षमताका कारण सेयर बजार घट्यो, बैकिङ क्षेत्रप्रतिको विश्वास झनै बिग्रियो’- सांसद सापकोटा 

काठमाडौँ । माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारको असक्षमताका कारण सेयर बजार घटेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद सापकोटाले यस्तो बताएका हुन् । नेपाली काँग्रेस र एमाले मिलेर बनेको सरकारको असक्षमताका कारण सेयर बजारमा लगातार गिरावट आएको सांसद सापकोटाले बताएका छन् ।  उनले सेयर बजार बाहेक सरकारकै असक्षमताका कारण मुलुकको […]

Apr 27, 2025 - 07:44
 0
‘सरकारको असक्षमताका कारण सेयर बजार घट्यो, बैकिङ क्षेत्रप्रतिको विश्वास झनै बिग्रियो’- सांसद सापकोटा 

काठमाडौँ । माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारको असक्षमताका कारण सेयर बजार घटेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद सापकोटाले यस्तो बताएका हुन् ।

नेपाली काँग्रेस र एमाले मिलेर बनेको सरकारको असक्षमताका कारण सेयर बजारमा लगातार गिरावट आएको सांसद सापकोटाले बताएका छन् । 

उनले सेयर बजार बाहेक सरकारकै असक्षमताका कारण मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेका पनि बताएका छन् । त्यसबाहेक तरलता अभाव, वैदेशिक मुद्रामा भारी गिरावट, लगानी घट्ने स्थिति सृजना हुनुका साथै बैंकिङ प्रणालीप्रति अविश्वसनियता बढेको सापकोटाले बताएका छन् । 

तर, यी गम्भीर विषयमा पनि सरकारले चासो नदेखाएको भन्दै उनले बरु सरकार बिचौलिया र कर्पोरेट हाउसका भरमा चलेको आरोप लगाएका छन् । उनले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि जवाफ माग गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register