‘टुच्च’ बढ्यो नेप्से, ३ अर्ब ८६ करोडमाथिको कारोबार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक २.६१ अंकले बढेर २५८८.५८ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय २४ कम्पनीको ७६ लाख ३३ हजार ९८ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ८६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा […]

Jan 5, 2025 - 09:32
 0
‘टुच्च’ बढ्यो नेप्से, ३ अर्ब ८६ करोडमाथिको कारोबार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक २.६१ अंकले बढेर २५८८.५८ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २४ कम्पनीको ७६ लाख ३३ हजार ९८ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ८६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार जानकी फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको १४ करोड ४ लाख ८८ हजार ६ सय ५६ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, आइतबारको बजारमा दोर्दी खोला जल विद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register