गभर्नर सिफारिस समितिमा महाप्रसादको ‘इन्ट्री’, एमालेको भागमा पर्न लागेको हो गभर्नर ? 

काठमाडौँ । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त समितिमा निवर्तमान गभर्नर अधिकारीलाई सदस्य नियुक्त गर्ने निर्णय गरेको हो ।  सरकारले गत चैत १० मा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति गठन गरेको थियो । उक्त समितिमा पूर्वगभर्नर विजयनाथ […]

May 1, 2025 - 04:49
 0
गभर्नर सिफारिस समितिमा महाप्रसादको ‘इन्ट्री’, एमालेको भागमा पर्न लागेको हो गभर्नर ? 

काठमाडौँ । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त समितिमा निवर्तमान गभर्नर अधिकारीलाई सदस्य नियुक्त गर्ने निर्णय गरेको हो । 

सरकारले गत चैत १० मा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति गठन गरेको थियो । उक्त समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र राष्ट्रिय योजना अयोगका पूर्वउपाध्यक्ष प्रा. डा. विश्वनाथ पौडेल सदस्य थिए । 

तर, राष्ट्र बैंकको गभर्नर नियुक्तिमा व्यापक राजनीतिकरण भएको र एकपटक पनि गभर्नर सिफारिस समितिको बैठक नबसी गभर्नर फाइनल गर्न थालेको भन्दै उनले उक्त समितिबाट राजिनामा दिएका थिए । भट्टराईको राजिनामा पछि गभर्नर सिफारिस समितिमा सदस्य पद रिक्त थियो । सोही रिक्त पदमा सरकारले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताएका छन् । 

यता सिफारिस समितिमा महाप्रसादको ‘इन्ट्री’ ले गभर्नर नियुक्तिले नयाँ मोड लिने राजनीतिज्ञहरुले अनुमान लगाएका छन् । 

यसो त यसअघि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र देउवापत्नी आरजु राणाले सिफारिस समितिमा काँग्रेसका ‘एस म्यान’लाई सदस्य बनाउन जोडबल गरेका थिए । तर, हाल समितिमा एमाले निकट मानिएका अधिकारीको ‘इन्ट्री’ ले गभर्नर पनि एमालेकै हुने त होइन ? भन्ने शंकामा थप बल पुगेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register