श्रमजीवी वर्गको सङ्घर्ष र बलिदानले गणतन्त्रात्मक व्यवस्था आयो : प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निमित्त गरेका सङ्घर्ष र बलिदानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कायम भएको बताएका छन् । अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा पूर्वप्रधानमन्त्री दाहालले एक शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन् । उनले मुलुकमा श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निमित्त गरेका सङ्घर्ष र बलिदानको […]

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निमित्त गरेका सङ्घर्ष र बलिदानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कायम भएको बताएका छन् ।
अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा पूर्वप्रधानमन्त्री दाहालले एक शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन् । उनले मुलुकमा श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निमित्त गरेका सङ्घर्ष र बलिदानको स्मरण गर्दै त्यसको परिणामस्वरुप आज देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कायम भएको बताए ।
उनले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा जारी सन्देशमार्फत नेपालसहित विश्वका सम्पूर्ण श्रमजीवी वर्गमा ऐक्यबद्धता प्रकट गरेका छन् ।
‘स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी दिदीबहिनी, दाजुभाइ तथा आमाबुबाहरूमा सुख, शान्ति र समृद्धिसहित उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु’, सन्देशमा भनिएको छ ।
आठ घण्टा कार्यदिनको मागसहित आफ्ना अधिकारका निमित्त अमेरिकाको शिकागो सहरका मजदूरहरुले गरेको सङ्घर्षलाई स्मरण गर्दै नेपाललगायत विश्वभरका मजदूरहरुले १ मईलाई अन्तरराष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउँदै आएका छन् ।
What's Your Reaction?






